एनआरएन कोषाध्यक्षमा ठाकुर ढुंगानाको उम्मेदवारी घोषणा – Nepal Press

एनआरएन कोषाध्यक्षमा ठाकुर ढुंगानाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा ठाकुरप्रसाद ढुंगानाले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०१७-१९ र १९-२१ मा आईसीसी सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७–१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए ।

देशको बारेमा प्रचार गर्दै विश्वभरी पुग्ने क्रममा धेरै साथीभाइ कमाएको र‌ सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानाले बताए ।

युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैरआवासीय नागरिकता र नेपालको विकासमा गैरआवासीय नेपालीहरूको भूमिका सुनिश्चित गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।

धादिङको नीलकण्ठ नपारपालिका ५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *