शहीदभूमि रामपुरमा क्याप्टेन यज्ञबहादुर सम्झिँदै ओलीले भने- विचरा कांग्रेस प्रचण्डको पछिपछि कुदिरहेको छ (भिडि‌‌ओ) – Nepal Press

शहीदभूमि रामपुरमा क्याप्टेन यज्ञबहादुर सम्झिँदै ओलीले भने- विचरा कांग्रेस प्रचण्डको पछिपछि कुदिरहेको छ (भिडि‌‌ओ)

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको ठूलो दल नेपाली कांग्रेस प्रचण्डकोसामु निरीह बनेको भन्दै क्वीन्टलका क्वीन्टल सुन ओसार्दा पनि अर्कोतिर मुन्टो बटारेर बसिरहेको आरोप लगाएका छन् ।

ओखलढुंगाको रामपुरमा शहीद गुरु लुईँटेलको शालिक अनावरण गर्दै अध्यक्ष ओलीले सोही भूमिमा मारिएका तत्कालीन नेपाली कांग्रेसको सशस्त्र क्रान्तिका योद्धाहरुको समेत स्मरण गर्दै कांग्रेस अहिले विचरा भएको बताए ।

ओलीले भने–यो भूमिमा लिला,ठगी,गोकर्ण,खगेन्द्र र क्याप्टेन यज्ञवहादुर थापाहरुले रगत बगाए कांग्रेसको झण्डा बोकेर । तर पटकपटक सरकारमा गएर पनि उनीहरुलाई कांग्र्रेसले सहिदको दर्जा दिएन । म २०७२ मा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदबाट निर्णय गराएर सहिदको रुपमा सम्मान दिएँ । क्याप्टेन यज्ञवहादुर थापालाई मसँगै जेलमा बसेका बेला गोलघरबाट निकालेर २०३५ माघ २६ घते गोली हानेर मारिएको थियो । तर कांग्रेसले ती सहिदलाई सम्झिदैन,अहिले त विचरा शेरवहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर पछिपछि हिँडिरहेका छन् । सरकारले क्वीन्टलका क्वीन्टल सुन दैनिक निकाल्छ,कांग्रेसलाई देख्नुभयो भनेर सोध्यो भने अहाँ भनेर मुन्टो बटार्छ । विचरा यस्तो निरीह छ कांग्रेस ।

ओलीले माओवादीबाट हत्या गरिएका गुरु लुइटेलको प्रतिमा अनावरण र मदन भण्डारीको शालिक शिलान्यास समेत सोही भूमिमा गरेका छन् ।

माओवादीहरुले २०६० भदौमा ज्ञान प्रकाश मावि घोराखोरीका शिक्षक गुरु लुईटेललाई अपहरण गरि एक साताभन्दा लामो समय हिँडाएर चरम यातना दिई रामपुरमा लगेर रुखमा झुण्ड्याएर हत्या गरेका थिए । रामपुरलाई शहीदभूमि भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर