सोनामको चुनौती– प्रचण्ड र देउवाको पालामा प्रपर्टी लिजमा पाएका हौं, यती यती किन भन्नु ? फाइल खोले भैगो त (भिडिओ) – Nepal Press
नेपाल टक

सोनामको चुनौती– प्रचण्ड र देउवाको पालामा प्रपर्टी लिजमा पाएका हौं, यती यती किन भन्नु ? फाइल खोले भैगो त (भिडिओ)

‘२५ वर्षदेखि यती एयरलाइन्स मेरो थियो अब जनतालाई हस्तान्तरण गर्दैछु, यतीको नाफामा जनताको प्रिमियम शेयरसहितको हिस्सेदारी हुनेछ’

काठमाडौं । ल्हाक्पा सोनाम शेर्पा पर्यटन व्यवसायमा लागेको ५० वर्ष पुग्यो । नेपालकै अग्रणी पर्यटन व्यवसायी घराना थामसेर्कुका संस्थापक सोनाम शेर्पाले स्थापना गरेको यती एयरलायन्स पनि यसै साताबाट २५ वर्षको भएको छ ।

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक यती एयरलाइन्सले २५ वर्ष पूरा गरेको अवसरमा कार्यकारी अध्यक्ष सोनाम शेर्पा नेपाल प्रेससँग भिडिओ अन्तर्वार्ताका लागि तयार भए । प्रायः मिडियामा नआउने शेर्पाले यसपटक आफ्ना केही योजना र आफूमाथिका आक्रमणको जवाफसमेत एकै पटक सुनाएका छन् ।

यतीका फाइल खोल्ने भनेर सत्तापक्षका कतिपय सांसद र नेताहरुले धम्की दिइरहेका बेला शेर्पाले चाँडोभन्दा चाँडो यतीका सबै फाइल खोल्न चुनौतीसमेत दिएका छन् ।

उनले अब यती एयरलाइन्स आफ्नो व्यक्तिगत कम्पनीबाट जनतामा हस्तान्तरण गर्ने योजना पनि सुनाए । प्रस्तुत छ, यतीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पासँग गरिएको कुराकानी नेपाल टकमाः

– यती एयरलाइन्स २५ वर्ष पुगेको दिन तपाईं आफूलाई विगततिर फर्केर सोच्दा कस्तो लागिरहेको छ ?

फ्ल्याब्याकमा जाँदा म आफैंलाई यो एउटा सपना जस्तो लाग्छ । २५ वर्षअघि मैले नै २ वटा ट्विनेटर जहाज किनेर हिमाली जिल्लामा पर्यटनमा सहयोग होस् भनेर यती एयरलाइन्स सुरु गरेको थिएँ । दुर्गम हिमाली जिल्लामा पर्यटन फस्टाउन मैले यती एयरलाइन्स स्थापना गरेको थिएँ ।

त्यसबेलासम्म पर्यटनमा हामीले राम्रै गरिरहेका थियौं । तर, हिमाली दुर्गम ठाउँमा विस्तार गर्न सकिएन ।
हिमाली जिल्लाका ससाना विमानस्थलमा ल्याण्ड हुन सहज होस् भनेर सन् १९९८ मा ट्विनेटर विमानबाट थालेको यो एयरलाइन्स आज विशाल कम्पनी भएको छ । हजारौं मान्छेले रोजगारी पाएका छन् । अर्बौं राजस्व तिरेका छौं ।

यसको मुख्य उद्देश्य चाहिँ हिमाली जिल्लालाई कसरी पर्यटनमा जोड्ने, कसरी एक्सेस गर्ने भन्ने नै थियो । त्यसमा हामीले लगातार घाटा खाएर पनि उडान गरिरहेको प्रतिफल पर्यटन व्यवसाय विस्तार भयो । म आफैं पनि हिमालबाट आएको मान्छे । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पाङ्गोम भन्ने गाउँबाट आएको हुँ ।

त्यसबेला रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला छिचोलेर बाह्रबीसेसम्म हिँडेर आएको मान्छे हुँ म । त्यसैले हिमाली जिल्लाका मान्छेलाई फाइदा होस् भनेर थालेको यो एयरलाइन्सले हाम्रो सपना पूरा गरेको छ ।

हिमाली जिल्लाका ससाना विमानस्थलमा ल्याण्ड हुन सहज होस् भनेर सन १९८९ मा ट्विनेटर विमानबाट थालेको यो एयरलाइन्स आज विशाल कम्पनी भएको छ । हजारौं मान्छेले रोजगारी पाएका छन् । अर्बौं राजस्व तिरेका छौं ।

हामीभन्दा पहिले नेपालमा निजी क्षेत्रका दुई वटा एयरलाइन्स थिए नेपाल एयरवेज र लुम्बिनी एयर । तर, ती दुबै लामो समय टिक्न सकेनन् । नेपाल एयरवेज भने छिटो प्रगति गरेर छिट्टै गयो । त्यसपछि हामी आयौं ।

– तपाईंले पैसा कमाएर एयरलाइन्समा लगानी गर्नुभएको कि एयरलाइन्सबाट पैसा कमाउनुभएको ?

यो चाहिँ बडो गज्जबको प्रश्न गर्नुभयो । मैले आजसम्म २५ वर्षमा यो यती एयरलायन्सबाट कमाएको महसुस गरेको छैन । एयरलायन्स यस्तो संवदेनशील चिज हो, यो वर्ष राम्रो भयो भने अर्को वर्ष बिग्रन्छ । पार्टपुर्जादेखि हरेक चिज इम्पोर्ट गर्नुपर्छ । हरेक चिज महँगो छ ।

कर्मचारीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेन भने पनि चल्दैन । आज यो कम्पनी २५ वर्ष पुगेको अवसरमा नेपाल प्रेसबाटै म घोषणा गर्छु- यत्रो २५ वर्ष यो कम्पनी मेरो भनेर चलाएँ, अब २५ वर्षपछि यो एयरलायन्स जनताको बनाउने घोषणा गर्छु । अब प्राइभेटबाट पब्लिक कम्पनीमा लैजाने घोषणा गर्दैछु ।

– तपाईंकोबाट जनताको चाहिँ कसरी हुन्छ ?

मैले अब यसलाई प्राइभेटबाट पब्लिकमा लैजाने भनिसकें । पब्लिकबाट विस्तारै आईपीओमा शेयर मार्केटमा लैजाने सोचमा छु । अझै यो कम्पनीलाई ग्रोथ गर्ने हिसाबले २ वर्षभित्र ५ बाट अरु ५ वटा एटीआर जहाज थपेर १० बनाउने र यसबाट नेपालको सेवा गर्ने योजना छ । यसबाट फाइदाको हिस्सा जनतामा जानेछ र पब्लिकले पनि मेरो कम्पनी हो भनेर महसुस गर्नेछ ।

– २५ वर्षसम्म चलाइसकेपछि पब्लिकमा जानुपर्ने केही कारण छ ?

कारण केही छैन । नेपालमा बैंकिङ प्रणाली पनि क्लियर छैन । आज ह्वात्तै ब्याज बढाउँछ । फेरि सहज भएपछि स्वाट्टै घटाउँछ । स्थायित्व नै छैन । त्यसैले बैंकभन्दा पनि जनतासँग मिलेर काम गर्ने भनेको हो । अहिले हामीले कमाउँदै बैंकलाई तिर्दै आएका छौं । अब कति तिर्ने ? बरु अब हामीले कमाएर जनतालाई तिर्ने भनेर पबिलकमा जान खोजेको हो ।

बैंकभन्दा पनि जनतासँग मिलेर काम गर्ने भनेको हो । अहिले हामीले कमाउँदै बैंकलाई तिर्दै आएका छौं । अब कति तिर्ने ? बरु अब हामीले कमाएर जनतालाई तिर्ने भनेर पब्लिकमा जान खोजेको हो ।

– अहिले त कतिपय घाटामा गएका कम्पनीले जनताबाट पैसा उठाउन शेयर मार्केटमा गएको पनि देखिन्छ, तपाईंहरु किन जाने यस्तोमा ?

तपाईंले ठीकै भन्नुभयो । तर, हाम्रो एक शेयरको एक शेयरमा जाने भन्ने होइन । हामी प्रिमियमसहित जाने हो । यती एयरलाइन्स फाइदामा भएको कम्पनी हो । आजको दिनमा पब्लिक कम्पनी बनाएपछि सबै अडिट रिपोर्ट जनताले हेर्न सक्छन् । यो कम्पनी घाटामा छ कि नाफामा छ, जनताले बुझेर लगानी गर्छन् । मेरो उद्देश्य नाफाको कम्पनी पब्लिकमा गएर एक शेयरको तीन गुणासम्म पब्लिकले कमाउन् भन्ने पनि हो । हामी एक वर्षभित्र आईपीओमा जानेछौं ।

– पब्लिकमा जानुको साटो लगानीकर्ता भित्र्याउने उपाय पनि थियो नि ?

त्यसमा पनि हामी ओपन छौं । स्वदेशी लगानीकर्ता आए झन राम्रो भइहाल्यो । विदेशीको कुरामा चाहिँ निकै झण्झटिलो छ । नेपालमा विदेशी लगानी भित्र्याउने कुरा भनेको गफमात्र सजिलो छ । लगानी गर्न आऊ आऊ भन्छन्, तर केही पनि नीति क्लियर छैन । नेपालमा विदेशी लगानी भित्र्याउने नीति भनेको ढोका थुनेर झ्यालबाट चिया खान आउ भने जस्तो छ । त्यसैले नेपालमा विदेशी लगानीकर्ता आउनै गाह्रो मान्छन् ।

– यती एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान विस्तारबारे के सोच्नुभएको छ ?

अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा हामीले पर्यटनलाई नै हेर्नुपर्छ । नेपालमा तीनचार प्रकारका पर्यटक आउँछन् । हाम्रो देश पर्यटनका लागि संसारकै पर्फेक्ट छ र संसारले कम्पिट गर्नै सक्दैन ।

यदि साँच्चै नै राज्यले पर्यटनबाटै देश विकास गर्न सकिन्छ भनेर सोचेर लगानी गर्ने हो भने यो अर्कै हुन्छ । हिमालैहिमालको देश हो यो । बुद्धको जन्मस्थल यही छ । पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक पर्यटनका गन्तव्यहरु यही छन् । तर, सरकारले पर्यटनमा कहिल्यै योगदान दिएन ।

आज जे जति भएको छ, एक सयमा २० प्रतिशत पनि सरकारको योगदान छैन । ८० प्रतिशत हामी जस्ता व्यवसायीले निजी क्षेत्रबाट प्रमोट गरेर यतिसम्म भएको हो ।

यती एयरलाइन्स फाइदामा भएको कम्पनी हो । आजको दिनमा पब्लिक कम्पनी बनाएपछि सबै अडिट रिपोर्ट जनताले हेर्न सक्छन् । यो कम्पनी घाटामा छ कि नाफामा छ जनताले बुझेर लगानी गर्छन् । मेरो उद्देश्य नाफाको कम्पनी पब्लिकमा गएर एक शेयरको तीन गुणासम्म पव्किलले कमाउन् भन्ने पनि हो ।

भुटान जस्तो सानो देशले पर्यटन र एभियसनको विषयमा नेपालसँग सिकेको हो । आज त्यही भुटानले संसारलाई सिकाइरहेको छ टुरिजम के हो भनेर । दिनमा २ सय डलर नर्मल मान्छेले तिर्छन् भुटान जाँदा । अलिकति पैसावाललाई २ हजारसम्म चार्ज गर्छ । त्यही त हो क्वालिटी टुरिजम भनेको ।

हाम्रोमा त्यस्तो अवस्था छैन । पर्यटक आएर बस्ने ठाउँ पनि छैन । सरकारको तर्फबाट केही लगानी छैन । पूर्वाधारमा ध्यान छैन । हाम्रो पर्यटन उद्योग सरकारले गर्दा झन तल झर्दैछ र अहिले त उत्साहजनक छैन ।

नेपालमा पर्यटन फस्टाउन नसक्नुको कारण नेपाल एयरलाइन्स फ्याक्टरको पनि कमजोरी हो । देशले यत्रो ऋण लिइरहेको छ । मेरो सुझाव छ, अझै ऋण लिएर नेपाल एरलाइन्सले पाँच-दश जहाज थपोस् । पर्यटन त्यसै बढछ, एक्सेस बढ्छ । आज नेपालमा २०-२५ एयरलाइयन्स आउँछन् । कतारले दिनमा चारवटा उडान गर्छ । उनीहरु यहाँ व्यापार गर्न आएका हुन् । नेपाललाई माया गर्न आएका होइनन् । त्यसैले नेपाल एयरलायन्सलाई विदेशी व्यवस्थापन ल्याएर भए पनि सुधार गरौं भन्ने मेरो सुझाव छ ।

– नेपाल एयरलाइन्स नै तपाईंहरुलाई दिन लागियो भन्ने हल्ला पनि चलाए नि ? अस्ति भर्खर एकजना माओवादी सांसद पनि भन्दै थिए ।

यस्ता वाइयात र विकृत कुरा कस्तो दिमागका मान्छेहरुमा आउँछ मलाई त अचम्म लाग्छ । पर्यटन थाहा नभएका विकृत मान्छेको प्रोपोगाण्डा हो यो भनेको । नेपाल एयरलाइन्स त सित्तैमा दिए पनि म लिन्न । पैसा लगाएर व्यवस्थापन गर्ने कुरा त परको हो । त्यसको साटो हामीले देशको लागि भनेर हिमालयन एयरलायन्स खडा गरेको हो ।

हामीले सुरुमा भारतीयसँग लगानीका लागि कुरा गर्दा उनीहरुले पत्याएनन् । त्यसपछि गल्फमा गयौं । साउदी अरेबियासँग पनि कुरा गर्‍यौं । तर, उनीहरुले पत्याएनन् । अन्तिममा चाइनिजले पत्याए । आज ५ वर्षमा हिमालय एयरलायन्सका ४ वटा एयरबस ३२० छन् । त्यो भनेको देशको सम्पत्ति हो । नेपाल एयरलायन्स ६५ वर्षको भयो त्यसका पनि ४ वटै एयरबस छन् । हाम्रोमा ५ सय कर्मचारीले चलाएका छन्, त्यसमा १३ सय छन् । भनेपछि त्यस्तो संस्था मलाई किन चाहियो ? हामी आफैं खडा गरिरहेका छौं नि !

भुटान जस्तो सानो देशले पर्यटन र एभियसनको विषयमा नेपालसँग सिकेको हो । आज त्यही भुटानले संसारलाई सिकाइरहेको छ टुरिजम के हो भनेर । दिनमा २ सय डलर नर्मल मान्छेले तिर्छन् भुटान जाँदा । अलिकति पैसावाललाई २ हजारसम्म चार्ज गर्छ । त्यही त हो क्वालिटी टुरिजम भनेको ।

– अब अलि फरक प्रसंग, यती भन्नेबित्तिकै एकताका आतंकै मच्चियो । सबैतिर यतीले खायो, देशको सम्पत्ति कब्जा गर्‍यो, एमालेले यतीलाई पोस्यो भन्ने आरोप लाग्यो । खासमा यतीले गरेको चाहिँ के हो ? आज प्रस्ट पारिदिनुस् त ।

म पनि केही बुझ्न सकिरहेको छैन । यती यती, ओम्नी ओम्नी भन्ने केही विकृत मानसिकता भएका मान्छेहरुको मन्त्र नै भएको छ । म आज पनि चुनौतीका साथ भन्छु, यतीले बदमासी गरेको छ, राष्ट्रको सम्पत्ति दुरुपयोग गरेको छ भने छानबिन गरिहाल न ! कसले रोकेको छ फाइल खोल्न ? हाम्रो बदनाम गर्नलाई र राष्ट्रिय उद्यमीलाई लखेट्न यस्ता प्रोपोगाण्डा मच्चाउनेहरुबाट हामी डराउँदैनौं ।

मैले यतीको इतिहास भनिहाले । २५ वर्ष भयो, हामीले हजारौं मान्छेलाई रोजगारी दिएका छौं । अर्बौं पैसा राज्यलाई ट्याक्स तिरेका छौं । लाखौंलाख पर्यटक नेपाल भित्र्याएका छौं । हिमाली जिल्लामा घाटा खाएर उडान भरेर जनतालाई सेवा दिएका छौं । अनि हामीमाथि नै आरोप लगाउनेहरु भनेका देशद्रोही मानसिकता बोकेकाहरु हुन् । देशप्रेमी मान्छेका शब्द नै होइनन् ती । पर्यटनको विकास गर्नु हाम्रो अपराध हो भने यो चाहिँ गरिरहेका छौं र फेरि पनि गर्छौं ।

– होइन तपाईंहरुले सरकारी सम्पत्ति सस्तोमा लिएर व्यापार गर्नुभयो भन्ने छ नि ? विशेषगरी नेपाल ट्रष्टको प्रपर्टी लिजमा छानबिन गर्ने, फाइल खोल्ने कुरा पनि अहिले सत्तापक्षबाट आइरहेका छन् नि ?

हामीले सरकारी जमिनहरु खाली रहेका ठाउँमा नमुना काम गर्ने भनेर टेण्डरमार्फत फ्री कम्पिटिसनबाट बढी पैसा तिरेर केही ठाउँमा प्रपर्टी लियौं । उदाहरणका लागि दरवारमार्गमा हामीले २८ आना जग्गा ५० लाख रुपैयाँमा लिजमा लिएको हो । नेपालको इतिहासमा कसैले यति भाडा तिरेको छैन । कोही आउँछ भने ५० लाख होइन आधा तिर्न आउँछ भने पनि हामी त्यो सम्पत्ति छाडेर हिँड्न तयार छौं ।

हामीले नेपाल ट्रष्टका जम्मा ३ वटामात्र प्रपर्टी लिएका छौं । एउटा त कामै गर्न दिएको छैन अहिलेसम्म । चार पाँच वर्ष भइसक्यो नक्सा पासको स्वीकृति नदिएर ताचाहल सोल्टी होटलको गेटको प्रपर्टीमा काम गर्न पाएका छैनौं, भाडामात्र तिर्न परेको छ । ताहाचलको जग्गा लिजमा हामीले लिँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । दरवारमार्गको प्रपर्टी टेण्डरबाट लिँदा प्रचण्ड प्रधानमन्त्री थिए । ठीक छ, हामीले गलत गरेर लिएको भए छानबिन गरे भयो नि ! को दोषी रहेछ, कारबाही गरे हुन्छ । हामी त राज्यले त्यो प्रपर्टी फिर्ता लगे हुन्थ्यो भन्नेमा छौं ।

आज नेपालमा २०-२५ एयरलाइयन्स आउँछन् । कतारले दिनमा चारवटा उडान गर्छ । उनीहरु यहाँ व्यापार गर्न आएका हुन् । नेपाललाई माया गर्न आएका होइनन् । त्यसैले नेपाल एयरलायन्सलाई विदेशी व्यवस्थापन ल्याएर भए पनि सुधार गरौं भन्ने मेरो सुझाव छ ।

जहाँसम्म गोकर्णको लिजको कुरा छ, दरवारले गैरआवासीय भारतीयहरुको कम्पनी एल एम सुभिर ब्रदर्शलाई दिएको थियो । भारतीयले चलाउन नसकेपछि हामीले किन्यौं । हामीले किन्दा लिजको अवधि एकदम कम भयो । ८ वर्षमात्र बाँकी थियो लिज अवधि । अन्तिममा हामीले लगानी थप्ने बेला ३ वर्ष बाँकी थियो । हामीले लगानी गर्ने ठाउँ नै थिएन ।

हामीले दक्षिण एसियाकै नमुना गल्फ कोर्ष सञ्चालन गरेका छौं, त्यत्रो क्षेत्रफलको जंगलको संरक्षण गरेका छौं । हामीले लगानी थप्ने सन्दर्भमा संसदबाट पारित भएको कानून टेकेर सरकारले लिजको अवधि थपेको हो । थप लगानी गरेको खण्डमा, थप रोजगारी सिर्जनाको आधा खडा भएको खण्डमा लिज थप्ने भनेर संसदले ऐन पारित गरेको हो ।

हामीले लगानी थप्यौं, एक सयबाट ५० वटा कोठा थप्यौं । भारतीयले १ लाख डलर भाडा तिर्थे, हामीले ३ लाख डलर दियौं । यदि हामीले लगानी गर्न पाइँदैन भन्ने थियो भने संसदबाट ऐन पारित गर्ने बेला रोकेको भए हुन्थ्यो नि ! गोकर्ण भारतीयलाई नै दिनुपर्छ, विदेशीलाई दिनुपर्छ, यतीलाई दिनुहुँदैन भनेर संसदमै रोकेको भए हुन्थ्यो नि !

संसदबाट ऐन पारित हुँदा केही नबोल्ने, अहिले आएर हामीलाई आरोप लगाउने किन हो ? मैले केही बुझ्न सकेको छैन । यस्ता विषयमा राजनीति गरेर हामीलाई त केही हुनेवाला छैन, राजनीति गर्नेहरुलाई पनि फाइदा हुन्न ।

– तर, यतीले कहाँ कहाँ फाइदा लिएको छ, त्यसको पनि फाइल खोल्ने कुराले डराउनु भएको छैन ?

हैट, म यत्ति पनि डराएको छैन । फाइल खोलेर देखाउनु पर्‍यो । यतीले कहाँनिर कमजोरी गर्‍यो ? देखाए भयो नि ! कहाँको फाइल खोल्ने ? खोले भयो त ! हामीले कहाँ रोक्न सक्छौं र ! यतीको फाइल खोल्छौं भनेर राजनीतिक स्टन्ट गर्नुको साटो चाँडो खोलेर देखाए भयो त ! यती यतीमात्र भनेर स्टन्टबाजी गर्ने हो भने केही भन्नु छैन ।

आज ५ वर्षमा हिमालय एयरलायन्सका ४ वटा एयरबस ३२० छन् । त्यो भनेको देशको सम्पत्ति हो । नेपाल एयरलायन्स ६५ वर्षको भयो त्यसका पनि ४ वटै एयरबस छन् । हाम्रोमा ५ सय कर्मचारीले चलाएका छन्, त्यसमा १३ सय छन् । भनेपछि त्यस्तो संस्था मलाई किन चाहियो ? हामी आफैं खडा गरिरहेका छौं नि !

म त सरकारले फाइल खोलोस् भन्ने चाहन्छु । हामीले एक इन्च तलमाथि गरेका छैनौं । देशलाई हानिनोक्सानी हुने काम गरेको छैन । नेपाल ट्रष्टलाई हामीले गर्दा उदाहरण भएको छ बरु । हामीले तिरेको भाडामा टेकेर अरुलाई रेट फिक्स गर्न पाएको छ ।

विगतमा नेपाल ट्रष्टको जग्गा कौडीको भायमा भाडामा दिएको थियो । अहिले हामीले प्रतिस्पर्धाबाट लिन थालेपछि सबैले बढी भाडा तिर्ने अवस्था बनेको छ । हामी त फाइल खोलोस् सरकारले, अहिले भाडा तिर्न सकिरहेका छैनौं त्यो प्रपर्टी फिर्ता लगोस् भन्ने चाहन्छौं ।

– तर, एमालेले तपाईंहरुलाई पोस्यो भन्ने आरोप छ । त्यसैले एमाले नेताहरुलाई पनि तान्न सकिन्छ भन्ने हो कि ?

मैले अघि नै भनिसकें, हामीले नेपाल ट्रष्टको प्रपर्टी तीन ठाउँमा लिएका छौं । दुइटा प्रपर्टी टेण्डरबाट लिजमा लिने बेलामा देउवा र प्रचण्ड प्रधानमन्त्री थिए । एमाले कहाँबाट जोडियो ? गोकर्णको लिज अवधि थपिएको संसदले पारित गरेको ऐनबमोजिम हो । यसमा एमाले जोडिने ठाउँ रहेन ।

हामीलाई एमाले एमाले, यती यती किन भनिरहेका छन् म बुझ्न सकिरहेको छैन । म एमाले होइन र हाम्रो परिवारको कोही पनि एमालेको सदस्य छैन । जननेता मदन भण्डारी र पासाङ ल्हामु शेर्पाको कारण भावनात्मक रुपमा जोडिएका हौं । नेता चिन्ने, साथीभाइ चिन्ने भनेको सबै पार्टीसँग हुन्छ ।

यस्तै वाइयात राजनीतिका कारण आज वैकल्पिक राजनीतिक शक्तिहरु आइरहेका छन् ।

– तपाईंहरु एमालेसँग कसरी नजिक हुनुभयो त ?

हामी एमालेसँग मात्र होइन सबैसँग नजिकै छौं । एमालेसँग हाम्रो परिवारको भावनात्मक सम्बन्ध हो । पासाङ ल्हामु सगरमाथा चढ्न जानेबेला मदन भण्डारीले बिदा गर्नुभएको थियो । दुर्भाग्यवश पासाङ ल्हामु पनि फर्किएन र मदन भण्डारीको पनि दुर्घटनामा निधन भयो । त्योबाहेक हाम्रो केही अतिरिक्त सम्बन्ध छैन ।

अहिले निजी क्षेत्रलाई त्रसित पार्ने गिरोहले यस्ता आरोपहरु लगाउने काम गरिरहेको छ र सरकारले उनीहरुकै संरक्षण गर्छ ।

– निजी क्षेत्रलाई त्रसित पार्न खोजियो भन्न खोज्नुभएको हो ?

यो एक प्रकारले दुर्भाग्य हो । देश चलाउने नेताहरु कति हावादारी र बुझ्दै नबुझी कसैले भनेको भरमा व्यवसायीलाई बदनाम गर्ने र तर्साउने लखेट्ने काम गरिरहेका छन् भन्ने जिउँदोजाग्दो उदाहरण म र यती नै हो । अहिले व्यवसायीमा काम गर्ने जोशजाँगर छैन ।

यती यती, ओम्नी ओम्नी भन्ने केही विकृत मानसिकता भएका मान्छेहरुको मन्त्र नै भएको छ । म आज पनि चुनौतीका साथ भन्छु, यतीले बदमासी गरेको छ, राष्ट्रको सम्पत्ति दुरुपयोग गरेको छ भने छानबिन गरिहाल न ! कसले रोकेको छ फाइल खोल्न ? हाम्रो बदनाम गर्नलाई र राष्ट्रिय उद्यमीलाई लखेट्न यस्ता प्रोपोगाण्डा मच्चाउनेहरुबाट हामी डराउँदैनौं ।

व्यवसायीलाई तर्साएर, निजी क्षेत्रलाई आतंकित पारेर देश कसरी उँभो लाग्छ ? अब थप लगानी कसले गर्छ ? भएको पनि कसरी व्यवस्थापन गर्ने र जोगाउने भन्नेतिर मात्रै छ । धेरै व्यवसायी त पलायन भइरहेका छन् । यहाँ बस्नुभन्दा बाहिर धेरै सेवा, सुविधा र सम्मान छ । बिजनेश हाउसलाई अरु देशमा ज्वाइँ सम्मान दिएर राख्छन् । यहाँ त लिनेबाहेक दिने केही छैन, उल्टै व्यवसायीलाई बदनाम गर्ने काम भइरहेको छ ।

– अब चाहिँ निराश हुनुभएको हो ?

एकोहोरो खेदेर बदनाम गर्न खोज्दा अवश्य पनि निराश त भइन्छ । तर, जन्मेको देश हो, यही देशमा जे जति लगानी छ यही गरियो । अब कसैले तर्साएर तर्सिने, निराश भएर पलायन हुने सोच मेरो चाहिँ छैन ।

– तपाईंका भाइ आङछिरिङको निधनपछि अलि बढी खेदिएको हो यती ग्रुप ?

म चाहिँ भाइभन्दा सानो उमेरदेखि व्यवसायमा लागें । पर्यटनमा लागेको ५० वर्ष भयो । मैले चाहिँ भाइलाई अघि सारेर आफू हिमाली जिल्लामा पर्यटन विस्तारमा लागें । दुवै दाजुभाइ बाहिर फेसमा आउनुको साटो भाइलाई अघि सारेर म ब्याकमा बसें ।

मेरो भाइ बितेपछि यहाँका मान्छेले सोनाम भनेको केही जान्दैन भनेर यही मौका हो भनेर ममाथि आक्रमण गरे । बदनाम गरेर मिडियाबाट एकैपटक आक्रमण गरेपछि सोनामले हातखुट्टा छाड्छ अनि यतीलाई टिपेर खाउँला भन्ने खालका मान्छे रहेछन् । तर, म त्यसरी तर्सिने खालको मान्छे होइन । यो देशको धर्तीपुत्र हुँ, गल्ती नगरेपछि जसले जति लखेटे पनि केही हुन्न ।

मेरो भाइ बितेपछि यहाँका मान्छेले सोनाम भनेको केही जान्दैन भनेर यही मौका हो भनेर ममाथि आक्रमण गरे । बदनाम गरेर मिडियाबाट एकैपटक आक्रमण गरेपछि सोनामले हातखुट्टा छाड्छ अनि यतीलाई टिपेर खाउँला भन्ने खालका मान्छे रहेछन् । तर, म त्यसरी तर्सिने खालको मान्छे होइन । यो देशको धर्तीपुत्र हुँ, गल्ती नगरेपछि जसले जति लखेटे पनि केही हुन्न ।

– यतीबाहेक अरु व्यापार व्यवसाय कस्तो छ अहिले ?

यतीबाहेक तारा एयरबाट दुर्गममा उडान गर्दैछौं । यसमा थप लगानी गर्ने कि नगर्ने भनेर ‘वेट एण्ड सी’मा छौं । पर्यटनको अवस्था हेरेर थप्छौं । कर्णाली जिल्लामा १८ वर्ष निरन्तर घाटा खाएर सेवा दिएका छौं । थामसेर्कुले आफ्नो ठाउँमा काम गरिरहेको छ ।

हाम्रो पर्यटकीय ठाउँमा १८ वटा होटल छन् । एभरेष्टमा, अन्नपूर्णमा छन् । मुस्ताङ र मा बन्ने क्रममा छ । मनाङमा बन्ने क्रममै छ । मुस्ताङमा नेपालको अहिलेसम्म इतिहासमै नभएको ब्राण्ड बनाउँदैछौं होटल क्षेत्रमा ।

एक रातको २ हजार डलर, त्यो पनि ५ दिन चाहिँ बस्नैपर्ने त्यस्तो होटल सिन्तामणि बन्दैछ । एकजनाबाट १० हजार डलर आर्जन गर्ने लक्ष्य हो कम्तीमा । आज ६५ देशमा हरेक देशको टप मिडियाले मुस्ताङको सिन्तामणि रिसोर्ट भनेर पबिलश गरिरहेको छ ।

हाम्रो देशलाई, सरकारलाई त थाहा पनि छैन । सहयोग त केही हुन्न, सकेसम्म विरोध र बदनाम गर्ने हुन् । तर, देशको लागि राम्रो गर्न छाड्दैनौं, कामबाटै जवाफ दिने हो ती पेशवर विरोधीहरुलाई ।


प्रतिक्रिया

2 thoughts on “सोनामको चुनौती– प्रचण्ड र देउवाको पालामा प्रपर्टी लिजमा पाएका हौं, यती यती किन भन्नु ? फाइल खोले भैगो त (भिडिओ)

  1. बाँदर स्वभावको माओवादी र गुण्डा अनि लुटेरा स्वभावको काँग्रेसलाई कडा जवाफ । यति भनिसकेपछि के नाकले हिंडछौ बाँदर र लुटेरा स्वभाव भएकाहरू ?

  2. ए कांग्रेस माओवादी सुन सोनामको भनाइ सुन तस्करी माओवादी कांग्रेस समाजवादी अनि नक्कली भुटानी शरणार्थी कांग्रेस र माओवादी ले बदला लिन (पुराना माओवादी रामबहादुर थापा र टोपबहादुर लाई फसाउने खेल नारायण काजी र प्रचण्डको ) अनि ललितानिवास बाबुराम माधवकुमार महरा बाबू छोरा सुन तस्कर सम्पूर्ण राज्यलाई लुट्ने माओवादी अनि हौवा कसको लागि छि लाज पचेका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर