राजकीय सम्मानकासाथ निवासबाट नेम्वाङको बिदाई (तस्बिरहरु) – Nepal Press

राजकीय सम्मानकासाथ निवासबाट नेम्वाङको बिदाई (तस्बिरहरु)

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ ।

नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा पनि दिइएको छ ।

बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू पनि उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *