महेन्द्र यादवमाथि आक्रमणविरुद्ध सडकमा तरुण दल, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू) – Nepal Press

महेन्द्र यादवमाथि आक्रमणविरुद्ध सडकमा तरुण दल, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)

काठमाडौं । कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल तरुण दल आन्दोलित भएको छ ।

तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍यालीसँगै सभा गरे । प्रदर्शनकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन् ।

तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ , ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।

दुई दिनअघि रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि कथित अभियान्ता श्यामबाबु सापकोटाले खुकुरी हानेका थिए । यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले विरोध जनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर