एसिया कप क्रिकेट : खेलाडीको प्रोत्साहन गर्न गाउँपालिका अध्यक्ष यादवले गरे पुरस्कार घोषणा – Nepal Press

एसिया कप क्रिकेट : खेलाडीको प्रोत्साहन गर्न गाउँपालिका अध्यक्ष यादवले गरे पुरस्कार घोषणा

जनकपुरधाम । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपाल-भारतबीचको खेलमा नेपालको तर्फबाट खेलाडीको प्रोत्साहनका लागि धनुषाका एक गाउँपालिका अध्यक्षले पुरस्कारको घोषणा गरेका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले नेपाली खेलाडीको प्रोत्साहनका लागि पुरस्कार घोषणा गरेका हुन् । उनले कुनै खेलाडीले अर्धसतक लगाएमा ५० हजार हजार, सतक लगाएमा एक लाख र ह्याट्रिक विकेट लिने बलरलाई ५० हजार रुपैया पुरस्कार दिने घोषणा गरेका छन् ।

अध्यक्ष यादवले विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेका छन् । उनले पुरस्कार व्यक्तिगत तर्फबाट प्रदान गरिने पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर