एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल (भिडिओ) – Nepal Press

एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरेका हुन् ।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए ।

अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरूलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


प्रतिक्रिया

One thought on “एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल (भिडिओ)

  1. हेर यसले भनेको ? जनताले के भन्लान भन्ने लाज पनि रहेनछ यसलाइ । खुरूखुरू प्रचण्डसँग मिलेर देश र जनताको लागि काम गरेर मन जित्न तिर लाग न दिल्लीका टट्टुहरू । किन मिनेटनै पिच्छे एमालेको विरोध ? लैनचौरमा खाएको हण्डी पचाएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर