पाकिस्तान र नेपालबीच अनुभवको मात्र फरक हो : कप्तान रोहित पौडेल – Nepal Press

पाकिस्तान र नेपालबीच अनुभवको मात्र फरक हो : कप्तान रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया पाकिस्तानसँग अनुभवको मात्र फरक रहेको बताएका छन्। एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग खेल्नुअघि आयोजित प्रिम्याच कन्फेरेन्समा उनले दुवै खेलाडीको क्षमता उस्तै भएपनि पाकिस्तानी टोली अनुभवमा मात्र अगाडि रहेको बताए ।

‘दुवै टोलीमा क्षमतावान् खेलाडी छन् । हामीबीचको फरक भनेको अनुभव मात्र हो । पाकिस्तान अनुभवी टोली हो’, उनले भने । कप्तान रोहितले वन बल ब्याटलमा केन्द्रित हुने भएकाले प्रतिद्वन्द्वी को छ भनेर वास्ता नगर्ने पनि बताए ।

‘हामी हरेक बलमा केन्द्रित हुने छौँ । प्रतिद्वन्द्वी को हुनेछ भन्ने हामी वास्ता गर्ने छैनौँ’, रोहितले भने । पाकिस्तानका कप्तान बाबर आजमले कुनैपनि टोलीलाई आफुले कमजोर नआँक्ने र आफूले करियरमा त्यही कुरा सिकेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *