एसिया कपको उद्घाटन खेलमा त्रिशला गुरुङले प्रस्तुति दिने – Nepal Press

एसिया कपको उद्घाटन खेलमा त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिने भएका छन् ।

गुरुङ त्यसका लागि पाकिस्तान प्रस्थान गरिसकेकी छन् । उनीहरुले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्नेछन् । मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच भोलि हुँदैछ । त्यही खेलअघि उनीहरुले राष्ट्रिय गानलगायतको प्रस्तुति दिने भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *