आईसीसीकाे दाबी- एसिया कपमा नेपालबाट गुल्सन झा जम्न सक्छन् – Nepal Press

आईसीसीकाे दाबी- एसिया कपमा नेपालबाट गुल्सन झा जम्न सक्छन्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन गरेको छ ।

प्रतियोगितामा जम्न सक्ने ६ देशका ६ खेलाडीको सूचीमा आईसीसीले नेपालबाट गुल्सनलाई समावेश गरेको छ । बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुमयी प्रदर्शन गर्दै आएका छन् ।

आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा जम्न सक्ने खेलाडीको सूचीमा समावेश गरेको छ ।

गुल्सन आईसीसीको एक दिवसीय अलराउन्डरको विश्व वरियतामा १०५औं स्थानमा छन् । उनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ४५२ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३४.७६ रहेको छ ।

गुल्सनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट पनि लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *