भोलि पाकिस्तान जाँदै सन्दीप, अर्को पेशी २१ गते (भिडिओ) – Nepal Press

भोलि पाकिस्तान जाँदै सन्दीप, अर्को पेशी २१ गते (भिडिओ)

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ । मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाए पनि समर्थकको चाहना र आग्रहमा जान लागेको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *