महिला खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष राजीनामा दिने तयारीमा – Nepal Press

महिला खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष राजीनामा दिने तयारीमा

म्याड्रिड । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेस राजीनामा दिने तयारीमा छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व फुटबल महासंघ (फिफा)ले अनुशासनसम्बन्धी छानबिन थाल्नुअघि रुबियालेस पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उल्लेख गरेका छन् ।

डेलीमेल, गार्जियन, टेलिग्राफ जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले छानबिनलाई सहयोग पुर्‍याउन रुबियालेसले पद छाड्न लागेको दाबी गरेका छन् ।

महिला विश्वकप फुटबलको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएर पहिलोपटक विश्व विजेता बनेपछि रुबियालेसले जेन्नी हर्मोसोलाई बधाई दिँदै चुम्बन गरेका थिए । त्यसयता ४६ वर्षीय रुबियालेसको आलोचना हुँदै आएको छ ।

स्पेनले इङ्ल्यान्डलाई हराएपछि रुबियालेसले आफ्नो यौनाङ्गतिर हात लगेर अनुशासनविपरीत हर्कत गरेको आरोप पनि लगाइएको छ ।

विश्वकप जितेपछि स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजसँग टोलीले गरेको भेटमा रुबियालेस पनि सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर