भारत चन्द्रमा पुगेकै दिन ब्रीक्समा मोदीको अन्तरिक्ष प्रस्ताव – Nepal Press

भारत चन्द्रमा पुगेकै दिन ब्रीक्समा मोदीको अन्तरिक्ष प्रस्ताव

काठमाडौं । हिजोबाट तीन दिन दक्षिण अफ्रिकामा जारी ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रीक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेश गरेका छन् ।

आज भारत चन्द्रमामा अवतरण गर्ने चौँथो मुलुक तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो मुलुक भएको इतिहास बनेकै दिन मोदीको यस्तो प्रस्ताव आएको हो । दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा भएको १५ औं ब्रीक्स शिखर सम्मेलनमा बोल्दै मोदीले बिक्स्को अन्तरिक्ष खोजबिनको कन्सोर्सियर बनाउन प्रस्ताव गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार मोदीले ब्रीक्सकाे स्याटलाइट कन्स्टिलेन बनाउने पहिलेकै निर्णय भएको भन्दै त्यसमा थप काम गर्न प्रस्ताव गरेका हुन् । आज भारत चन्द्रमामा पुग्दा भिडियो लिंकबाट दक्षिण अफ्रिकाबाटै जोडिएर मोदीले सम्बोधन गरेका थिए ।

चन्द्रयान ३ नामको चन्द्र मिसन भारतको सफल भएपछि अहिले भारत र भारतिय डायस्पोरा उत्सवमा छ भने विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर