सुन तस्करी प्रकरणको छानबिनका लागि कस्तो बन्दैछ आयोग ? रमेश लेखकको यस्तो जवाफ – Nepal Press

सुन तस्करी प्रकरणको छानबिनका लागि कस्तो बन्दैछ आयोग ? रमेश लेखकको यस्तो जवाफ

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्न जाँचबुझ आयोग २०२६ अनुसार उच्चस्तरीय छानबिन समिति गठन हुने भएको छ । समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि जाँचबुझ आयोग अनुसार नै गठन गर्ने तयारी रहेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सोमबार बसेको सर्वदलीय बैठकले सीआईबीको अनुसन्धानलाई प्रभावित नहुनेगरी आयोग गर्ने सहमति बनेको थियो । सोहीअनुसार कार्यदलले ड्राफ्टसमेत तयार पारेको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक छन् ।

सर्वदलीय बैठकको सहमतिअनुसार नै सीआईबीको अनुसन्धानलाई निरन्तरता दिनेगरी ड्राफ्ट तयार पारेको बताए । सीआईबीले निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गरेर तस्करीमा संलग्न भएका मानिसहरूलाई अभियोजनसमेत गरेर निष्कर्ष ढंगबाट निर्णयमा पुर्‍याउन दबाब नदिने सहमति भएको छ ।

उनले भने, ‘सीआईबीले त्यो कुरालाई निष्कर्षमा पुर्‍याइसकेपछि एकपटक मात्रै होइन पटक-पटक आइरहेका छन् । त्यसमा कानूनी समस्या कहाँ छन् ? संरचनात्मक कमीकमजोरी कहाँ छन् ? यसरी पटक पटक तस्करी भएर सुन आउनु चिन्ताजनक हो । यसलाई पूर्णरूपमा नियन्त्रण गर्न आवश्यक भएको हुनाले यसका लागि कानूनी रुपमा हुने परिमार्जन र संरचनात्मक सुधारहरू र अहिलेसम्म तस्करीबाट आएका सुनहरूको समेत अध्ययन गर्ने, ती कुराहरूलाई गरेर सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने भनेर एमालेले माग गरेअनुसार नै जाँचबुझ आयोग २०२६ अनुसार नै आयोग गठन गर्ने र त्यो आयोग कार्यप्रारम्भ गर्ने सहमति भएको छ ।’

आज टुंग्याउने भनेपनि एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाले बैठक बस्न नसकेकोले भोलि टुंग्याउने उनले बताए । आफूहरूले सहमतिअनुसारको प्रतिवेदन तयार पारेको बताउँदै थप छलफल गरेर शीर्ष तहले टुंग्याउने बताए ।

उनले कसको नेतृत्वमा समिति गठन गर्ने भन्ने अहिलेसम्म टुंगोमा नपुगेको बताए । उच्च अदालतका न्यायाधीशको नेतृत्वमा बनाउने तयारी भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर