सर्वदलीय बैठक : उच्चस्तरीय छानबिन समिति बनाउने ‘सहमति’, कार्यविधि बनाउन तीन नेतालाई जिम्मा – Nepal Press

सर्वदलीय बैठक : उच्चस्तरीय छानबिन समिति बनाउने ‘सहमति’, कार्यविधि बनाउन तीन नेतालाई जिम्मा

काठमाडौं । अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले पनि समिति गठनका सहमति भएको जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले भने उच्चस्तरीय छानबिन समिति गठनका विषयमा भोलिसम्ममा टुंगिने बताए । भोलिको संसद चल्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर