अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि – Nepal Press

अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

रियाद। क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल नासरले अरब कप च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

शनिवार राती भएको खेलमा अल हिलाललाई २(१ गोलले पराजित गर्दै अल नासर विजेता बनेको हो।

अल नासरमा रोनाल्डोको यो पहिलो उपाधि हो भने अल नासरले पनि पहिलो पटक अरब कप च्याम्पियन्स लिगको उपाधि जितेको हो।

गत सिजन रोनाल्डोले अल नासरका लागि एउटा पनि उपाधि जित्न सकेका थिएनन्।

रोनाल्डोले टोलीका दुवै गोल गरेका थिए। उनले अतिरिक्त समयमा ती गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *