इङ्ल्यान्डका कप्तान बायर्न म्युनिखमा आबद्ध हुन तयार, टोट्टनहामले दियो मेडिकलका लागि अनुमति – Nepal Press

इङ्ल्यान्डका कप्तान बायर्न म्युनिखमा आबद्ध हुन तयार, टोट्टनहामले दियो मेडिकलका लागि अनुमति

लन्डन । इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केन जर्मन लिग च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुन तयार भएका छन् । टोट्टनहामले मेडिकल जाँचका लागि केनलाई जर्मनीको भ्रमण गर्न अनुमतिसमेत दिएको छ ।

यसअघि बायर्नले गरेको प्रस्ताव टोट्टनहामले स्वीकार गरेको थियो । टोट्टनहाममा एक वर्षमात्र अनुबन्धन बाँकी रहेका केनका लागि बायर्नले एक सय मिलियन युरोभन्दा बढी खर्चन तयार भएको बीबीसीले उल्लेख गरेको छ ।

३० वर्षीय केन टोट्नहामका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले ४३५ खेलमा २८० गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *