एसिया कप क्रिकेटका लागि पाकिस्तानकाे राष्ट्रिय टीम घोषणा, बाबर आजमको कप्तानीमा को को छन् ? – Nepal Press

एसिया कप क्रिकेटका लागि पाकिस्तानकाे राष्ट्रिय टीम घोषणा, बाबर आजमको कप्तानीमा को को छन् ?

लाहोर । पाकिस्तानले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिएको छ ।

पाकिस्तानी टोलीमा अब्दुल्लाह सफिक, फखर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस र सदाब खान छन् ।

यस्तै मोहम्मद नवाज, उसमा मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वासिम जुनियर, नसिम शाह र शाहिन शाह अफ्रिदी पनि पाकिस्तानी टोलीमा छन् ।

पाकिस्तानले एसिया कपअन्तर्गत पहिलो खेल अगष्ट ३० तारिखमा नेपालविरुद्ध खेल्दैछ । समूहमा पाकिस्तानले भारतसँग पनि खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *