३७ वर्षअघि बेपत्ता आरोहीको शव फेला, डीएनए परीक्षणपछि पुष्टि – Nepal Press

३७ वर्षअघि बेपत्ता आरोहीको शव फेला, डीएनए परीक्षणपछि पुष्टि

स्वीजरल्याण्ड । स्विस आल्प्स पहाडमा ३७ वर्षअघि बेपत्ता भएका एक आरोहीको शव फेला परेको छ । हिमनदी पग्लिएर यो सम्भव भएको दाबी गरिएको छ । डिएनए परीक्षणपछि भेटिएको शव ३८ वर्षीय हराइरहेका आरोहीको भएको पुष्टि भएको छ ।

बीबीसीको रिपोर्टका अनुसार जुलाई १२ मा स्विट्जरल्याण्डको जरमेटको दक्षिणमा रहेको थियोडुल ग्लेशियरमा पर्वतारोहीहरूले पग्लिएको हिउँमा मानव अवशेष देखेपछि उक्त शव फेला परेको थियो। उनले यसबारे प्रहरीलाई जानकारी दिए ।

त्यसपछि शवहरूलाई नजिकैको सहर सायनस्थित वालेस अस्पतालको फोरेन्सिक मेडिसिन युनिटमा पठाइएको थियो।

अस्पतालमा भएको डीएनए परीक्षणले उक्त अवशेष सन् १९८६ मा हिमालमा हराएका ३८ वर्षीय आरोहीको भएको पुष्टि गरेको थियो ।

सो अवशेष भेट्टाउने पहिलो पर्वतारोहीहरूले प्रहरीलाई भने कि उनीहरूले पहिले जुत्ता देखे, त्यसपछि जुत्ता मुनि हिउँमा एउटा क्र्याम्पोन उपकरण अड्किएको थियो।

जुन जुत्ताको तल्लो भागमा जोडिएको हुन्छ र आरोहणमा मार्गदर्शन गर्ने गर्दछ। यस्तो अवस्थामा उनीहरूले बुझे कि यी आरोहीका अवशेष हुन्।

सोही क्रममा प्रहरीले डीएनए परीक्षणपछि आरोहीको पहिचान सम्भव भएको विज्ञप्तिमा जनाएको छ । उक्त अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ ।

पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्बिर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण हिमनदीहरू लगातार पग्लिँदै गएका छन् । यस्तो अवस्थामा सबै आरोहीको शव निकाल्ने काम भइरहेको छ ।

पछिल्लो समय हिमनदी पग्लिएर धेरै आरोहीहरूको शव भेटिएको पनि प्रहरीले जनाएको छ, जसको बेपत्ताको खबर दशकौँ अघि दर्ता भएको हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर