इजरायल आइपुगिन् ‘साम्बा’ – Nepal Press

इजरायल आइपुगिन् ‘साम्बा’

इजरायल । नेपाली राष्ट्रिय फुटवल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल आइपुगेकी छन् ।शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न भण्डारी इजरायल आइपुगेकी हुन् ।उनले इजरायलको हापोएल रानाना क्लवबाट युरोपमा व्यवसायिक फुटबल खेल्ने छिन् ।

इजरायल आइपुगेकी उनलाई नेपालका लागि इजरायली राजदूत हानान गोदर , सहचारी सन्जय कुमार साह, इजरायली फुटबल क्लव हापोएल रानानाकी म्यानेजर डोरिथी, खेतान ग्रुपका नेपाली व्यवसायी पी.पी. खेतान, मामानेट क्लबका कोच एनीको नेतृत्वमा रहेका मामानेट युनाईटेड क्लब टिमका खेलाडी सहित गैर आवासीय नेपाली संघ, ईजरायलका अध्यक्ष, पूर्व अध्यक्ष, आइसीसी प्रतिनिधि , उनी आवद्ध क्लवका पदाधिकारीको टोलीले भव्य स्वागत गरेको नेपाल दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए ।

इजरायल मध्यपूर्वमा अवस्थित एशियाली राष्ट्र भए पनि यहाँका क्लबहरुले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएका छन्। साम्बाले अगष्ट ६ तारिखमा पहिलो खेल खेल्दैछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *