बेइजिङमा बाढी : अहिलेसम्म २० को मृत्यु, १९ बेपत्ता – Nepal Press

बेइजिङमा बाढी : अहिलेसम्म २० को मृत्यु, १९ बेपत्ता

बेइजिङ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।

सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौँ मानिस प्रभावित भएका छन् ।

उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिवारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।

राजधानी बेइजिङमा सडकहरू खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मङ्गलवार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य व्यापक रूपमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर