भारतमा गार्ड मेसिन खस्दा १४ जनाको मृत्यु – Nepal Press

भारतमा गार्ड मेसिन खस्दा १४ जनाको मृत्यु

मुम्बई । महाराष्ट्रमा एउटा भयानक दुर्घटना भएको छ ।

सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  घटना मुम्बई नजिकैको ठाणे जिल्लाको हो।

समृद्धि एक्सप्रेस राजमार्गको तेस्रो चरणको निर्माण कार्य भइरहेको शाहपुर प्रहरीले जनाएको छ ।

यसैबीच मङ्गलवार बिहान शाहपुर नजिकै एउटा गार्ड मेसिन खसेर १४ जनाको मृत्यु भएको छ । जबकि तीन जना घाइते भएका छन् ।

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

साथै मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । जेसीबी र उद्धार टोलीले जिम्मा लिएको छ । सो क्षेत्र खाली गरिँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर