एनआरएन पोल्यान्डमा सबै पदाधिकारी निर्विरोध – Nepal Press

एनआरएन पोल्यान्डमा सबै पदाधिकारी निर्विरोध

काठमाडौं । एनआरएन पोल्यान्डको निर्वाचन सम्पन्न भएको छ ।

हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा गंगा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा जीवन लुइँटेल, नवीन राई र प्रज्वल रेग्मी निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *