गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित – Nepal Press

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित

रुपन्देही । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको दशौं राष्ट्रिय महाधिवेशन बाट २०२३-२५ कार्यकालको लागि बाग्लुङका रमेश भट्ट अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनले आईसीसी सदस्यहरूमा तेज कटुवाल, दुर्गा प्रसाद प्याकुरेल, दिपजंग शाह,श्रीकृष्ण भट्टराई,प्रेम बहादुर चलाउने, विक्रम कार्कीलाई निर्वाचित गरेको छ ।

भट्टको नेतृत्वमा प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव कार्की र तृतीय उपाध्यक्षमा सन्दीप भट्टराई चयन भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा नानू घले ब्लोन, युवा उपाध्यक्षमा सुवास बहादुर थापा, महासचिवमा रविन मगर र सचिवहरूमा सुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री, रोशन अर्याल चयन भएका छन् ।

त्यसै गरी कोषाध्यक्षमा बुद्ध पाण्डेय, सह कोषाध्यक्षमा झविन्द्र आचार्य, लेखा समिति संयोजकमा कवीन्द्र कँडेल चयन भएका छन् ।

यी हुन सदस्यहरू

गिरिराज दुवाडी, विकास लामा, विष्णु सापकोटा, विनोद राना मगर, इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक,टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो।अजाद मंसुर, मो। कौसर रब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएको त्यहीँबाट गोविन्द सुवेदीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *