अर्घाँखाँचीका २१ वर्षे युवक २५ करोड रूपैयाँ बराबरको क्रिप्टो कारोबारी – Nepal Press

अर्घाँखाँचीका २१ वर्षे युवक २५ करोड रूपैयाँ बराबरको क्रिप्टो कारोबारी

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका एक २१ वर्षीय युवकको मोबाइलबाट प्रहरीले करिब २५ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको फेला पारेको छ ।

प्रहरीले अश्विन भुसाल र उनको साथबाट बरामद भएका मोबाइलहरुबाट ती तथ्य फेला पारेको हो । प्रहरीका अनुसार अश्विनले दुईवटा बाइनान्स आईडीबाट २ करोड २४ लाख ९९ हजार ९ सय र २३ करोड ५१ लाख ५४ हजार ७ सय ९८ नेपाली रूपैयाँ बराबरको क्रिप्टो कारोबार भएको भेटिएको छ । प्रहरीले उनको साथमा रहेको आईफोन र वान प्लस मोबाइल बरामद गरेको थियो ।

अश्विनले युट्युब हेरेर मोबाइलमा क्रिप्टो कारोबार हुने बाइनान्सको एप्लिकेसन इन्स्टल गरेको बयान दिएका छन् । उनले विदेशी मुलकका एक व्यक्तिले बाइनान्स आईडी दिएको र उनैले चलाएको बताएको प्रहरीको भनाइ छ ।

अश्विनले आफ्नो बाइनान्स आईडी प्रयोग गरेबापत रिचर्ड नाम गरेका ती विदेशी व्यक्तिले हालसम्म उनलाई इसेवा र बैंक खातामा २० हजार रूपैयाँसम्म पठाएको पनि उल्लेख गरेका छन् । अश्विनविरुद्ध बिगो जफत, बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद सजाय मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।


प्रतिक्रिया

One thought on “अर्घाँखाँचीका २१ वर्षे युवक २५ करोड रूपैयाँ बराबरको क्रिप्टो कारोबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर