देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता – Nepal Press

देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । आजैमात्रै नेपाल आइपुगेका लुु सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

लुसँगको छलफल फलदायी भएको सभापति देउवाले बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो। शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र सचिव लुको सहयोगबारे छलफल भयो ।’

नेपाल भ्रमणमा रहेका लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँगको शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन चरणमा रहेको बेलामा लु नेपाल आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *