बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाखभन्दा बढी रकम ठगी, मोरङका महमद पक्राउ – Nepal Press

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाखभन्दा बढी रकम ठगी, मोरङका महमद पक्राउ

काठमाडौं । आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् ।

आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए ।

ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

२१ वर्षीय मिया मोरङ धनपालथान १ का स्थायी बासिन्दा हुन । उनलाई कारबाहीका लागि टेकु पु¥याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर