नेपाली कला, संस्कृति प्रचारका लागि क्यानडाको क्यालगरीमा नेपाली मेलाको तयारी – Nepal Press

नेपाली कला, संस्कृति प्रचारका लागि क्यानडाको क्यालगरीमा नेपाली मेलाको तयारी

क्यानडा (क्यालगरी) । क्यानडाको क्यालगरीमा नेपाली मेला आयोजना गरिने भएको छ । नेप्लीज कम्युनिटी सोसाइटी अफ क्यालगरी र क्यालगरीमा बसोबास गरिरहेका नेपालीसम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा मेलाको तयारी गरिएको हो ।

‘जुलाई २२ मा क्यालगरी जाऔँ, नेपाली मेला मनाऔँ’ नारासहित नेपाली पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मेला आयोजना गरिएको नेप्लीज कम्युनिटी सोसाइटी अफ क्यालगरीका सहसचिव एवं लजिस्टिक विभाग सदस्य राजीव अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाली कला, संस्कृति र भेषभुषा प्रवर्द्धन र प्रचार मेलाको प्रमुख उद्देश्य राखिएको छ । यो नेपाली मेला क्यालगरीमा हुन लागेको पहिलो कार्यक्रम हो । जुलाई २२ शनिबार तय गरिएको मेलामा ५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने आयोजकको आँकलन छ ।

नेपाली संस्कृति र भेषभुषा मेलाको प्रमुख आकर्षण हुनेछ । पञ्चेबाजासहितका झाँकीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको पनि प्रस्तुति रहनेछ ।  नेपाली खाना, परामर्श, बालबालिका र ज्येष्ठ नागरिकको लागि मनोरञ्जनात्मक गतिविधि पनि मेलाको अर्को आकर्षण रहने अधिकारीले बताए ।

चर्चित गायक प्रकाश सपूतलगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

नेपाली मेलालाई मध्यनजर र प्रचार गर्दै यहाँस्थित नेपाली दूतावासले पनि प्रचारप्रसारस्वरूप घुम्ती सेवा सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर