सदनमा परराष्ट्रमन्त्रीको जवाफ- भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान हुन्छ (भिडिओ) – Nepal Press

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान हुन्छ (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक संयन्त्रमार्फत् नेपाल भारतबीचको समस्या समाधान गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानी गरेको बताए ।

‘लिपुलेक, लिम्पियाधुरालगायत भू-भाग फिर्ता गर्न सरकार लागिपरेको छ । सीमाबारे सबै स्पष्ट र दृढ छ । २०७७ असार ४ गते संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा छाप अद्यावधिक गरिएको तथ्य सदनलाई जानकारी नै छ’, उनले भने, ‘संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमालगायत सबै समस्या समाधान गर्ने कुरा गर्नु सकारात्मक छ । स्थापित कूटनीतिक संयन्त्रमार्फत् सीमा समस्या गर्ने सहमति भएको छ ।’

उनले अखण्ड भारतको नक्साबारे पनि सरकारको ध्यानाकर्षण भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *