खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या – Nepal Press

खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।

मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै आज बिहान उनको शव फेला परेको छ । राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

संस्थाका सचिव टीकाराम पोखरेलले कार्यालय पुग्दा कुर्मीलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले गार्ड कुर्मीको हत्या कसले गर्‍यो भनेर अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर