लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएको आरोपमा धनगढी यातायात कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर – Nepal Press

लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएको आरोपमा धनगढी यातायात कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी चालकको लाइसेन्सको परिक्षामा फेल भएका विधार्थीलाई उत्तीर्ण गराएको आरोपमा उनिविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार शाहीले लिखित परिक्षामा फेल भएका एक सय ८० जना विधार्थीलाई उत्तीर्ण गराएर प्रयोगात्मक परिक्षामा सहभागी गराएका थिए ।

यस्तै प्रयोगात्मक परिक्षामा अनुत्तिर्ण भएका २८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहीविरुद्ध लगाइएको छ । शाहीले प्रयोगात्मक परिक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ ।

अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरिएको छ । अख्तियारले शाहीको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर