राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट – Nepal Press

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

काठमाडौं । असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुख र सांसदबीच भेटवार्ता भएको छ ।

एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच भएको भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए ।

नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति उनले आभार व्यक्त गरेका छन् । शाहीले ‘एक पटकका लागि नेपाली सधैँका लागि नेपाली भन्दै अष्ट्रेलियामा रहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल फर्काउने नीति निर्माणमा आफूहरू लाग्ने पनि बताए ।

शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने कामबारे जानकारी गराएको भ्रमणको संयोजन सदस्यमध्येका एक केदार श्रेष्ठले बताए ।

भेटमा अष्ट्रेलियाका अधिकारीले नेपालीहरू मिहेनती, इमानदार र बफादार रहेको साथै अष्ट्रेलियाको व्यापार व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भुमिका रहेको भन्दै खुसी व्यक्त गरेका छन् । शाहीलाई समाजसेवी दीपक विष्ट नेतृत्वमा रहेको नेपाली समुदायले च्यारिटी रात्रिभोजको आयोजना गरी सम्मानसमेत गरेका छन् ।


प्रतिक्रिया

One thought on “राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

  1. Thanks for your works I think karnali provienc is least remote provienc so i want . your help . That help is fully relationship campus joining in surkhet from. Then Health relationship Biggest Hospital Between three district Nagma kalikot ,jumla, mugu center. So I responded

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर