प्याजको गाडीमा डेढ करोडको अवैध कपडासहित हेटौंडाबाट दुईजना पक्राउ – Nepal Press

प्याजको गाडीमा डेढ करोडको अवैध कपडासहित हेटौंडाबाट दुईजना पक्राउ

हेटौंडा । प्याजको गाडीमा लुकाएर ल्यएको अवैध कपडासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १ करोड ५० लाख बराबरको अवैध कपडासहित २ जनालाई पक्राउ गरेको हो ।

शनिबार प्याज लोड भएको भारतीय ट्रकबाट ९० बोरा अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक भारत पञ्जाब राज्य लोदियान जिल्ला ग्राम रसलपुर ७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह–चालक बिहार राज्य मोजफरपुर जिल्ला ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर मुकार सहनी रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाबाट हेटौंडातर्फ आउँदै बीआर ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले शनिबार हेटौंडा–१५ स्थित रातमाटे चेकपोष्टमा रोकेर चेकजाँच गरेको थियो ।

उक्त ट्रकबाट पाइन्टको कपडा १२ हजार ८९६ मिटर कपडा, सुटको कपडा ६० प्यकेट, सर्टको कपडा ६ हजार ७०५ मिटर, कुर्थाको कपडा १०३ सेट र कोरा कपडा १ हजार ४९७ मिटर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

काकीका अनुसार उक्त कपडा १ करोड ५५ लाख ६९७ बराबरको रहेको छ । ट्रकमा रहेको ८४ क्वीन्टल प्याजको मुल्य २ लाख ५२ हजारको रहेको उनले बताए ।

ट्रक, प्याज, अवैध कपडा र ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर मुख्य कपडा धनीको खोजी कार्यभइरहेको प्रवक्ता कार्कीले बताए ।


प्रतिक्रिया

One thought on “प्याजको गाडीमा डेढ करोडको अवैध कपडासहित हेटौंडाबाट दुईजना पक्राउ

  1. १५०० ट्रक कपडा त छोड्ने पुर्ब अर्थमन्त्री जनार्दन शर्माको सबै भन्सारमा सेटिङ्ग छ भनेर व्यापक बजार हल्ला छ त्यहीँ भएर भन्सार राजश्व नउठेको हो यो पनि तिनै मार्काको योजनामा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर