समाजवादी मोर्चाबारे माधव नेपाल- पवित्र भावना छ, सहमत पक्षलाई समेट्दै जान्छौं – Nepal Press

समाजवादी मोर्चाबारे माधव नेपाल- पवित्र भावना छ, सहमत पक्षलाई समेट्दै जान्छौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले पवित्र भावना बोकेर समाजवादी मोर्चा निर्माण गर्न लागेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकता हुने राम्रो भएको बताए ।

उनले भने, ‘एकता राम्रो कुरा हो । सबैको बीचमा एकता होस् भन्ने पवित्र भावना भएको सबैले सोच्छन् । अपवित्र भावना भएकाहरुले मात्रै एकता नहोस्, टुक्रियोस् भन्ने सोच्छन् । हामी पवित्र भावना भएका छन्, राम्रो उद्देश्य बोकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लानुपर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौं । त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौं ।’

उनले अहिले प्रारम्भिक चरणमा सहमत भएकाहरुबीच घोषणा हुँदै गए पनि विचार मिल्नेलाई समेट्दै जाने बताए ।

नेता नेपालले भने, ‘देशभक्तहरू एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ? लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरू एक ठाउँमा हुनु, समाजवादी शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वाभाविक ठान्नुपर्दछ ।’

समाजवादी शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध हुन आफूहरुले पहल गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर