कर्णाली प्रदेशसभा अगाडि दलित समूह र प्रहरीबीच झडप, एसपी थापासहित ३ जना घाइते – Nepal Press

कर्णाली प्रदेशसभा अगाडि दलित समूह र प्रहरीबीच झडप, एसपी थापासहित ३ जना घाइते

सुर्खेत । कर्णाली प्रदेशसभा अगाडि दलित समूह र प्रहरीबीच झडप भएको छ । कर्णाली प्रदेश सरकारले दलित समुदायलाई बजेटमा नसमेटिएको भन्दै आन्दोलन भएको थियो ।

आन्दोलनमा आन्दोलनकारी र जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रसिंह थापा र एकजना महिला प्रहरी घाइते भएका छन् ।

त्यस्तै दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार पनि घाइते भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले अँश्रुग्यास प्रहार गरेको थियो ।

कर्णाली प्रदेशमा करिब २९ प्रतिशत दलित जनसंख्या भएकोमा दलितलाई उपेक्षा गरेर बजेट र नीति तथा कार्यक्रम ल्याएकाले प्रदेशसभामा आन्दोलन गरेका थिए ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर