सरकारी वकिललाई न्यायाधीशको प्रश्न- शरणार्थी प्रकरण कसरी संगठित अपराध ? – Nepal Press

सरकारी वकिललाई न्यायाधीशको प्रश्न- शरणार्थी प्रकरण कसरी संगठित अपराध ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जवाफी बहस जारी छ । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थालेका हुन् । सोक्रममा न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो मुद्दा संगठित अपराध हुनुका कारण खोजेका छन् ।

‘संगठित अपराध हुनका लागि स्ट्रक्चरल अर्गनाइजेसन चाहिएला । यो मुद्दा कसरी संगठित अपराध भयो ? यसको केन्द्रमा को छ ? कानूनअनुसार तर्क दिनुस्’, न्यायाधीश न्यौपानेले सरकारी वकिल लक्ष्मण उपाध्याय घिमिरेलाई सोधे ।

जवाफमा घिमिरेले यो मखुण्डो लगाएर, बन्दुक समातेर हुने संगठित अपराधजस्तो नभएको जिकिर गरे ।

‘यो न्यू जेनेरेसन अर्गनाइज क्राइम हो । पोल्टिसियन, कर्मचारी संयन्त्र र अपराधीबीचको नेक्ससमा यस्तो अपराध हुन्छ’, घिमिरेको दाबी थियो ।

यो प्रकरणमा माथिल्लो लेयरमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई र तेस्रो लेयरमा सानु भण्डारी, केशव दुलाल देखिएको घिमिरेले बताएका छन् ।

व्यक्तिगत प्रमाणहरू नदेखिए पनि परिस्थितिजन्य प्रमाणबाट संगठित अपराध पुष्टि हुने उनको तर्क थियो ।

पुन: न्यायाधीशले ३ वा सोभन्दा बढीले गरेको अपराध सबै संगठित हो त, खास विशेषताहरू होलान् नि ? भनेर प्रश्न तेर्स्याएका थिए ।

वकिल घिमिरेले अरुअरु मुद्दामा राज्यले व्यक्तिलाई न्याय दिलाउने भएपनि यो मुद्दामा राज्यले पीडितसँगै आफूले पनि न्याय खोजिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर