रियल मड्रिडको ७ नम्बर जर्सीमा अब देखिनेछन् भिनिसियस – Nepal Press

रियल मड्रिडको ७ नम्बर जर्सीमा अब देखिनेछन् भिनिसियस

काठमाडौं । भिनिसियस जुनियरले रियल मड्रिडको प्रतिष्ठित नम्बर ७ जर्सी लगाउने भएका छन् । क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि नम्बर ७ जर्सी इडेन हाजार्डले लगाउने गर्थे ।

हाजार्ड पनि अब रियलमा नरहने भएपछि भिनिसियसलाई नम्बर सात दिइएको सोमबार क्लबले जनाएको छ । उनी रियल मड्रिडको वेबसाइटमा रहेको टीमका खेलाडीहरुको सूचीमा नम्बर ७ को जर्सीमा छन् । भिनिसियसले यसअघि २० नम्बर जर्सी लगाउने गर्थे ।

यस्तै रोड्रिगोले अब ११ नम्बर जर्सी लगाउने भएका छन् । यसअघि मार्को एसेन्सियोले लगाउने उक्त नम्बर एसेन्सियोले क्लब छोडेसँगै रोड्रिगोले लगाउने भएका हुन् ।

भिनिसियस र रोड्रिगो रियल मड्रिडका महत्वपूर्ण खेलाडीहरु हुन् । अघिल्लो सिजन दुवै खेलाडीले १९ लालिगा र १२ च्याम्पियन्स लिग गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर