‘बादल वर्षा बिजुली’की गायिका प्रश्नालाई दर्जन प्रश्न – Nepal Press

‘बादल वर्षा बिजुली’की गायिका प्रश्नालाई दर्जन प्रश्न

टिकटकले १८ वर्ष पुरानो गीत ब्युँताएपछि सर्जकहरुको पुनर्मिलन

काठमाडौं । केही समयदेखि टिकटकमा अत्यधिक भाइरल बनिरहेको गीत हो ‘बादल वर्षा बिजुली…।’ यो गीतमा दिनहुँ हजारौं टिकटक बन्छन् । तर, यो गीत कहिलेको हो र कसले गाएको हो भन्ने जानकारी भने कमैलाई छ ।

१८ वर्षअघि चलचित्र ‘कर्तव्य’ का लागि रेकर्ड गरिएको गीत हो यो । जसलाई प्रश्ना शाक्य र आनन्द कार्कीले गाएका थिए । भाइरल भइरहेको स्वर चाहिँ प्रश्नाको हो । गीतको शब्द करुण थापाले लेखेका थिए भने सचिन सिंहले संगीत भरेका छन् ।

आनन्द कार्की त नेपाली संगीत क्षेत्रका एक हस्ती नै हुन् । तर, प्रश्नाको नाम भने कमैले सुनेका छन् । ‘बादल वर्षा बिजुली’ गाउँदा उनी सानै थिइन् । संगीत क्षेत्रमा नाम कमाउने लक्ष्य बोकेर काठमाडौं आएकी प्रश्नाले यसै गीतबाट पहिलो सफलता पाएकी हुन् । त्यसअघि उनलाई सचिन सिंहले नै ‘फेरि अर्को साइनो’ बोलको गीतबाट ब्रेक दिएका थिए ।

पहिलो गीत खासै नचलेपछि ‘बादल वर्षा बिजुली’ले उनलाई केही हदसम्म चिनायो ।

उनी विगत सम्झँदै सुनाउँछिन्, ‘मेरो लागि यो गीत एउटा चुनौती नै थियो । किनकि यो गीत निकै रोमान्टिक छ । अलि धेरै इनर्जी लाग्ने खालको । मेलोडियस गीत अलि धेरै गाउन सक्दिनँ कि जस्तो लागेको थियो ।’

‘ड्रिम्स’ स्टुडियोमा यो गीत रेकर्ड भएको थियो । पहिलो चोटि गीतको अरेन्ज र संगीत सुन्नासाथ मन परेको उनी बताउँछिन् ।

‘चलचित्रको गीत हो । बजेट र टीम ठूलो हुन्छ । त्यसैले रेर्कडिङमा पनि सबैजना बसेर हेर्नुहुन्छ । गायन मन परेन भने गायकगायिका परिवर्तन हुने सम्भावना हुनसक्छ भनेर डर लागेको थियो । तर, संगीतकारले माहोल सहज बनाइदिनुभयो’, प्रश्नाले भनिन् ।

उनीसँग गरिएको थप संवाद

– १८ वर्षअघि यो गीत कतिको चलेको थियो ?

त्यो समय पनि एकदमै चलेको गीत हो यो । अहिले जस्तो भाइरल थिएन । तर, चल्न चाहिँ चलेको हो । त्यो बेला अहिलेको जस्तो प्रविधिहरु थिएनन् । सबैको हातहातमा मोबाइल हुँदैन थियो । त्यतिखेर गीत चल्दा रेडियो र महोत्सवहरुमा अधिकतम गुञ्जिन्थ्यो । सीडी बन्थे । अहिले त सबको हातमा मोबाइल हुन्छ । गीत भाइरल हुँदा संसारभर पुग्छ । भिडिओमा नै हेर्न सकिन्छ ।

अहिले आएर एकाएक भाइरल भएको देख्दा म आफैं अचम्भित छु । गीत भाइरल भएको हो । गायकगायिका भाइरल भएको होइन । तर पनि खुशी नै छु । यति भनिराख्दा फेरि म भाइरल भइनँ भन्ने गुनासो भने होइन । पहिला हेरिकन अहिले टिकटक, फेसबुक सबैतिर फलोअर्स बढिराखेको छ । धेरैले चासो दिइरहनुभएको छ ।

त्यो बेला महोत्सवहरुमा यो गीतको खुबै डिमान्ड हुन्थ्यो । मैले धेरै पटक स्टेजमा यो गीत गाएकी छु । मलाई अहिले पनि एउटा किस्सा याद छ । दीपकराज गिरी दाइले कान्तिपुर एफएममा एउटा कार्यक्रम चलाउनु हुन्थ्यो । म त्यतिबेला काठमाडौं त्यति बस्दिन थिएँ । जन्मेदेखि धरान बसेकाले होला धरानदेखि बाहिर कतै गएँ भने घरको एकदमै याद आउँथ्योे । त्यसैले म काठमाडौं बसे पनि धरान आउने जाने गरिरहन्थें ।

एकदिन ट्याक्सीमा जमल आउदै थिएँ । ट्याक्सीको रेडियोमा दीपक दाइको कार्यक्रम बजिरहेको थियो । उहाँले ‘बादल वर्षा बिजुली’ गीत उहाँहरुको कार्यक्रममा दुई या तीन महिनादेखि निरन्तर टपमा परेको कुरा सुनाउनुभयो । त्यो सुन्नासाथ म खुशीले गदगद भएँ । त्यो पल मलाई अहिले पनि याद आउँछ । भनाइको मतलब त्यो बेला पनि राम्रै चलेको गीत हो यो ।

– एकाएक यतिका वर्षपछि गीत कसरी भाइरल भयो ?

अहिले आएर एकाएक भाइरल भएको देख्दा म आफैं अचम्भित छु । गीत भाइरल भएको हो । गायकगायिका भाइरल भएको होइन । तर पनि खुशी नै छु । यति भनिराख्दा फेरि म भाइरल भइनँ भन्ने गुनासो भने होइन । पहिला हेरिकन अहिले टिकटक, फेसबुक सबैतिर फलोअर्स बढिराखेको छ । धेरैले चासो दिइरहनुभएको छ ।

पहिला मेरो समयमा कुनै गीत हिट भयो भने त्यो गीत सुन्नलाई मान्छेहरु त्यसको सीडी खोज्न कहाँ कहाँ पुग्थे । हिट हुनेबित्तिकै त्यो गीत वा चलचित्रको हरेक पात्रहरुको खोजी हुन्थ्यो । अहिले त कति सहज भएको छ । मोबाइलबाट आफूलाई हेर्न मन लागेको हरेक कुरा हेर्न मिल्छ । तर पनि यो गीतको गायकगायिकाको बारे भने युट्युबतिर त्यति खोजी भएको छैन । हेरिएको छैन । यो सन्दर्भमा चाहिँ मैले गीत हिट भयो तर, गायकगायिका भएनन् भनेकी हुँ । म हिट भइनँ भनेर भने गुनासो गरेकी होइन ।

– टिकटकमा गीत भाइरल हुँदा गायिकाको नाम अर्कै राखिएको थियो, त्यो देख्दा कस्तो महसुस भयो ?

नराम्रो लागेको थियो । चित्त दुःख्छ नि ! त्यस्तो देखेपछि मैले त स्टाटस नै लेखेकी थिएँ । जसले पनि हाम्रो गीतको भिडियो टिकटकमा राख्नुभएको थियो, उहाँलाई पक्कै पनि गीत मन परेरै राख्नुभएको हो । त्यसको लागि हामी खुशी पनि छौं । तर, अलिकति गीतको बारेमा बुझेर गायकगायिकाको नाम सही राखिदिनुभएको भए हुन्थ्यो भन्ने गुनासो पनि राखेकी थिएँ ।

गीत भाइरल भएर व्यस्तता केही थपिएको छैन । म अहिले ‘मेरो भ्वाइस युनिभर्स’ मा व्यस्त छु । कार्यक्रमको जिम्मेवारी छ । धेरै कुराहरु गर्न बाँकी छ । त्योदेखि बाहेक म रेर्कडिङमा व्यस्त हुन्छु । विज्ञापनको भ्वाइसओभरहरु गर्छु । जिंगलहरु गाउँछु । यो मैले विगत १५, १६ वर्ष अघिदेखि गर्दै आएको काम हो ।

हामी गीतको सम्पूर्ण टीम भेला भएर यो समस्याको कसरी समाधान गर्ने भन्नेबारे छलफल पनि गर्‍यौं । नाम सच्याउनलाई टिकटकमा मेसेज गर्‍यौं । गीतको विवरणमा गायिकाको नाम गलत छ भनेर मेसेज पठाएपछि उहाँहरुले सच्याइदिनुभयो ।

– तपाईं आफैंले यो गीतमा टिकटक बनाउनुभयो ?

मैले खासै यो गीतमा टिकटक बनाएकी छैन । ज-जसले बनाउँ भन्नुभयो, उहाँहरुसँग बनाएँ । तर, आफैं भने बनाएकी छैन । कामको व्यस्तताले गर्दा बनाउने भन्दाभन्दै पनि पाएकी छैन ।

– गीत भाइरल भएर चाहिँ व्यस्तता भएको छ कि छैन ?

गीत भाइरल भएर व्यस्तता केही थपिएको छैन । म अहिले ‘मेरो भ्वाइस युनिभर्स’ मा व्यस्त छु । कार्यक्रमको जिम्मेवारी छ । धेरै कुराहरु गर्न बाँकी छ । त्योदेखि बाहेक म रेर्कडिङमा व्यस्त हुन्छु । विज्ञापनको भ्वाइसओभरहरु गर्छु । जिंगलहरु गाउँछु । यो मैले विगत १५, १६ वर्ष अघिदेखि गर्दै आएको काम हो । गीत भाइरल भएर व्यस्तता बढ्नलाई त शोहरु आउनुपर्‍यो । नेपाल अथवा विदेशतिर कन्सर्ट हुनुपर्‍यो । त्यसैले भाइरल भएर केही फाइदा भएको छैन ।

अहिले कार्यक्रमहरु त्यति नहुने सिजन हो । अब कार्यक्रम अनि मेला-महोत्सव सुरु हुन थालेपछि केही हुन्छ कि ! त्यस्तो भयो भने चाहिँ गीतसहित गायकगायिकाको पनि कमब्याक भएछ र व्यस्तता थप बढेछ भन्ने बुझिन्छ । यत्रो वर्षपछि पुनः एकचोटी गीतले स्थान पायो र हामीलाई दर्शकले खोजिदिनुभयो । त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो ।

– १८ वर्षपछि गीत हिट भयो । यसको खुशीयाली साट्न के गर्नुभयो ?

१८ वर्षपछि गीत हिट हुँदा खुशीयाली साट्न सम्पूर्ण टीम भेट्यौं । पहिला म आफैंले पनि पुरै टीमसँग भेट्ने मौका पाएकी थिइनँ । सचिन दाइसँग भेटेकी थिएँ । तर, गीतकार करुण थापा दाइसँग भेटेकी थिइनँ । त्यतिबेला उहाँ बाहिर बस्नुहुन्थ्यो । १८ वर्षपछि गीतले सबैसँग भेट्ने मौका जुराइदियो ।

भेट्ने, खुशी साट्ने र राम्रो चिनजान गर्ने मौका पायौं । हामीले खासमा दुईचोटि भेट्यौं । पहिलो भेट भने सल्लाह गर्न भएको थियो । गीतमा गायकगायिकाको नाम गलत भएपछि किन यस्तो भयो होला भनेर वार्ता गर्न भेटेका थियौं । त्यति बेला आनन्द कार्की दाइ कतार हुनुहुन्थ्यो । पछि दाइ कतारबाट फर्केपछि फेरि दोस्रोचोटि भेटघाट कार्यक्रम राख्यौं । त्यो बेला भने म, यसै गीतका गायक आनन्द कार्की दाइ, गीतकार करुण थापा दाइ र संगीतकार सचिन सिंह दाइ चारै जना भेट्यौं । भेट्न जरुरी पनि थियो । यस्तो खुशी फेरि फेरि नमिल्न सक्छ । १२ वर्षपछि फूलबुट्टे साडी गीत भाइरल भएको त सबैलाई थाहा भएको कुरा हो । तर, १८ वर्षपछि भएको यो पहिलो हुनुपर्छ ।

– यो गीतमा विशेष के छ ? के कारणले गीतले १८ वर्षपछि पनि मार्केट तताए जस्तो लाग्छ ?

विशेषभन्दा पनि बीचमा काठमाडौंको मौसम एकदमै परिवर्तन भइरह्यो । एकैछिनमा चिसो, एकैछिनमा अत्यधिक गर्मी र एकैछिनमा पानी पर्ने सिलसिला चलिरह्यो । मौसमले च्यालेञ्ज गरेर पनि होला सायद मौसमअनुसारको गीत खोजिएको । टिकटकरहरु प्रायः परिस्थितिअनुसारको गीतहरुमा टिकटक बनाउन रुचाउँछन् । त्यसैले हो कि ?

यदि विगतमा फर्किने हो भने पहिलो श्रेय सचिन सिंह दाइलाई दिन चाहन्छु । उहाँले मलाई यस गीतमा आफ्नो स्वर भर्ने मौका दिनुभएको हो । उहाँले मलाई गाउन आउ भनेर नबोलाउनु भएको भए आज यस गीतको गायिका अरु कोही हुन्थ्यो होला । उहाँपछि दोस्रो श्रेय यस गीतका रचनाकार र सम्पूर्ण युनिटलाई जान्छ ।

हामी रेडियोमा काम गर्दा अत्यधिक गर्मीको समयमा चिसो गीत बजाउँ न त आज भनेर बजाउने गर्थ्यौं । त्यस्तै भएको हुनसक्छ । मौसमको च्यालेन्ज प्लस गीत आफैंमा रमाइलो छ । संगीत, शब्द र एरेन्ज सबै राम्रो छ । कहिल्यै गीत नसुनेकाहरु पनि झुम्ने खालको गीत छ ।

– योअघि कतिवटा गीत गाउनुभएको थियो ?

त्यो ठ्याक्कै याद भएन । १८ वर्ष अगाडिको कुरा हो । कति यादहरु धमिला भइसके । तर, सचिन दाइसँग भने यो मेरो दोस्रो सहकार्य थियो । यो गीत गाउनुअघि मलाई सचिन दाइले चलचित्र ‘फेरि अर्को साइनो’ को टाइटल गीतको लागि अफर गर्नुभएको थियो । त्यो गीत अफर गर्दा दाइले मलाई उहाँको घरमै बोलाउनुभएको थियो । त्यतिबेला उहाँसँग भेट्न म र मेरो हजुरबुवा गएका थियौं । उहाँले मलाई चक्कामा गीत रेकर्ड गरेर ‘यो गीत मज्जाले सुन है’ भनेर दिनुभयो । मैले घर आएर त्यो गीत खुबै सुनेकी थिएँ ।

– यो गीतको विशेष श्रेय कसलाई दिन चाहनुहुन्छ ?

यदि विगतमा फर्किने हो भने पहिलो श्रेय सचिन सिंह दाइलाई दिन चाहन्छु । उहाँले मलाई यस गीतमा आफ्नो स्वर भर्ने मौका दिनुभएको हो । उहाँले मलाई गाउन आउ भनेर नबोलाउनु भएको भए आज यस गीतको गायिका अरु कोही हुन्थ्यो होला । उहाँपछि दोस्रो श्रेय यस गीतका रचनाकार र सम्पूर्ण युनिटलाई जान्छ ।

चलचित्रको गीत हो । एक्लैको प्रयासले चलचित्र कदापि बन्दैन । त्यसैले सम्पूर्ण टीमलाई सम्झन चाहन्छु । यदि अहिलेको कुरा गर्ने हो भने श्रेय टिकटकलाई जान्छ । गायिकाको नाम फरक राख्दिनु भएको थियो, त्यो आफ्नो ठाउँमा छ । तर, उहाँहरुले टिकटकमा गीत नहाल्दिनु भएको भए आज १८ वर्षपछि यो गीतले फेरि चर्चा पाउँदैन थियो ।

जसले सुरुमा हाल्नुभयो, उहाँ सँगसँगै यस गीतमा टिकटक बनाउनु हुने सम्पूर्णलाई धन्यवाद !

– अहिलेसम्म कतिवटा चलचित्रका गीतहरु गाउनुभयो ?

मैले त्यसरी गनेको त छैन । तर, दर्जनभन्दा बढी नै छन् । मैले गाउन त धेरै चलचित्रको गीत गाएकी छु । तर, जुन तरिकाले मैले चलचित्रका गीतहरु गाएँ, त्यो हिसाबले भने मलाई प्रस्ताव आएको छैन । म सेन्टिमेन्टल खालको गीत गाउने मान्छे । चलचित्रमा भावुक तवरका धेरै गीत गाएकी छु । हिट पनि भएका छन् । तर, चटपटे गीत हिट भएको चाहिँ यही ‘बादल वर्षा बिजुली’ नै हो ।

एक समय हामी चलेको मान्छे हो । जहाँ जाँदा पनि सबैले चिन्थे । समयसँगै विस्तारै सोच पनि कहिलेकाहीं परिवर्तन हुँदो रहेछ । हामीले चल्नुको अनुभव लिइसक्यौं । अब अलिकति आफैंलाई स्पेस दिउँ भन्ने लाग्छ । त्यसैले पनि मलाई सामाजिक सञ्जालतिर पूरै समर्पित भएर सक्रिय हौं जस्तो लाग्दैन ।

– सामाजिक सञ्जालमा अलि कम देखिनुहुन्छ । जति सामाजिक सञ्जालतिर सक्रिय भइयो, त्यति दर्शकको नजरमा परिन्छ होइन र ?

आआफ्नो स्वभाव हो । सायद सामाजिक सञ्जालमा म अलि कम देखिएर पनि होला, हेर्ने दर्शकलाई म अरुभन्दा अलि पछाडि परे जस्तो लागेको । साँच्चै भन्नुपर्दा म अलिकति पर्सनल स्पेस खोज्ने मान्छे हो । म अलि चुजी छु । मेरो स्वभाव नै अलि अर्कै खालको छ । म कहिलेकाहीं आफैंले गरेको काम पनि सामाजिक सञ्जालमा हाल्दिनँ । केही नयाँ काम गरें भने स्टाटसहरु लेख्छुु । तर, त्यति धेरै हरेक कुराहरु लेखिरहन मनपर्दैन ।

एक समय हामी चलेको मान्छे हो । जहाँ जाँदा पनि सबैले चिन्थे । समयसँगै विस्तारै सोच पनि कहिलेकाहीं परिवर्तन हुँदो रहेछ । हामीले चल्नुको अनुभव लिइसक्यौं । अब अलिकति आफैंलाई स्पेस दिउँ भन्ने लाग्छ । त्यसैले पनि मलाई सामाजिक सञ्जालतिर पूरै समर्पित भएर सक्रिय हौं जस्तो लाग्दैन । फेरि सामाजिक सञ्जालमा सक्रिय हुँदा मात्र सबैको आँखामा परिने भन्ने पनि होइन ।

– ‘बादल वर्षा बिजुली’ गाउँदा कति पारिश्रमिक पाउनुभएको थियो ?

पारिश्रमिकको कुरा चाहिँ नगर्दै ठीक होला । एक त १८ वर्ष अगाडि पारिश्रमिक धेरै हुँदैन थियो । अहिले जस्तो समय थिएन । म नाम लिन चाहन्न । तर, धेरै अग्रज गायकगायिकाको मुखबाट ‘गीत त गायौं, तर पैसा पाएको छैन’ भन्ने कुराहरु सुनिन्थ्यो । पारिश्रमिक पाए पनि कम्ती थियो । नदिने भन्ने होइन, तर एकदमै कम हुन्थ्यो । अहिले हजार रुपैयाँले केही हुँदैन, त्यति बेला हजार रुपैयाँ पाउँदा कति दिनसम्म बोकेर हिँडिन्थ्यो ।

पहिलो चलचित्र ‘तिम्रो मेरो साइनो’ गर्दा पारिश्रमिक पाएकी थिएँ । तर, यो ‘बादल वर्षा बिजुली’ को भने छुट्टै कहानी छ । अहिले खुलासा गर्न चाहिनँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर