बर्दियामा झाडापखालाका बिरामी बढे – Nepal Press

बर्दियामा झाडापखालाका बिरामी बढे

रुपन्देही । बर्दियामा बालबालिका झाडापखालाबाट प्रभावित बन्दै गएका छन् । अत्यधिक गर्मीका कारण विशेषगरी १० वर्षमुनिका बालबालिका झाडापखाला, आउ पर्ने र पेट दुःख्ने समस्याले जिल्ला अस्पतालमा दैनिक दर्जनौं उपचारका लागि आउने गरेका छन् ।

दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा. विश्वनाथप्रसाद साहले बताए । प्रचण्ड गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित भएको उनले जनाए ।

जिल्ला अस्पतालमा झाडापखालाबाट प्रभावित बालबालिका झन्डै २०/२२ जना उपचारका लागि आउने गरेका छन् । यसबाहेक टाउको दुःख्ने, ज्वरो आउने, दीर्घरोगीलगायत इमर्जेन्सीका बिरामी भरिभराउ हुने गरेको छ ।

बहिरंग सेवामा दैनिक २ सय ५० बिरामी उपचारका लागि यहाँ आउने गरेको जिल्ला अस्पाताल, बर्दियाले जनाएको छ । इमर्जेन्सीलगायत अस्पतालका शय्या बिरामीले भरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर