भोजपुर : छैटौँ प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न – Nepal Press

भोजपुर : छैटौँ प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित छैटौँ प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। भोजपुर नगरपालिकाद्वारा प्रायोजित प्रतियोगितामा आयोजकले जिल्ला स्तरीय, भेट्रान ४५ं पुरुष र प्रदेश स्तरीय खुल्ला डबल्स गरी ३ वटा इभेन्ट आयोजना भएका थिए ।

८० खेलाडीको उपस्थिति प्रदेश स्तरीय मेन्स डवल ब्याटमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका नवीन सिलवाल र विवेक कान्दाङ्वाको जोडिले हात पारेको छ ।

विशाल तामाङ र सुदिन राईको जोडीलाई (२१-१९,२१-१५) ले पछि पार्दै नवीन सिलवाल र विवेक कान्दाङ्वाको जोडी प्रतियोगितामा प्रथम भएको हो ।

त्यस्तै द्वितीया भोजपुरका विशाल तामाङ र सुदिन राईको जोडी भएको छ भने भोजपुरका विवेक श्रेष्ठ प्रबिन बस्नेत,संखुवासभाको मुनाहाङ गुरुङ र वीर बहादुर जोडी तृतीय भएको छन्।

मेन्स भेटरान्स ४५ं डवल व्याटमिन्टन प्रतियोगिताको उपाधि सुनसरीको भजनलाल चौधरी र नारायण श्रेष्ठको जोडिले विजयी हासिल गरेको छ ।

शेखर श्रेष्ठ र नरेन्द्र लिम्बूको जोडीलाई (१७-२१,२१-११,२३-२१)हराउँदै भजनलाल चौधरी र नारायण श्रेष्ठको जोडी प्रतियोगितामा प्रथम भएको हो ।

त्यस्तै द्वितीया धनकुटाको शेखर श्रेष्ठ र नरेन्द्र लिम्बूको जोडी भएको छन् भने भोजपुरका बिन्द्र राई र विष्णु कुमार राई, संखुवासभाको सिताराम पराजुली र विष्णु श्रेष्ठको जोडी तृतीय भएका छन्।

जिल्ला स्तरीय मेन्स डवल ब्याटमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र तामाङ र सन्तोष तामाङको जोडिले पाएको छ ।

बुद्ध राई र युनिश राईको जोडीलाई (२३-२१,२१-१७) ले हराउँदै नरेन्द्र तामाङ र सन्तोष तामाङको जोडी प्रतियोगितामा प्रथम भएको हो ।

त्यस्तै द्वितीया बुद्ध राई र युनिश राईको जोडी भएको छ भने रोशन सुवेदी र सुरज रानामगर, मुमिहाङ राई र सुदिन राईको जोडी तृतीय भएको जिल्ला ब्याटमिन्टन संघका कार्यबाहक अध्यक्ष बेनुप खत्रीले जनाए ।

प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, मेडल र प्रमाणपत्र, द्वितीया हुनेले नगद रु ३० हजार मेडल र प्रमाण पत्र पाएका छन् भने तृतीया हुनेले १५/१५ हजार मेडल र प्रमाण पत्र पाएका छन्

भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर