विदेशको दुख र स्वदेशको मायामा आधारित ‘गएथेँ सिंगापुर’ गीत लोकार्पण (भिडिओ) – Nepal Press

विदेशको दुख र स्वदेशको मायामा आधारित ‘गएथेँ सिंगापुर’ गीत लोकार्पण (भिडिओ)

काठमाडौं । विदेशको दुख र स्वदेशको मायामा आधारित गीत ‘गएथेँ सिंगापुर’ ‘नयाँ नयाँ न्युज नेपाल’ युट्युब च्यानलबाट लोकार्पण भएको छ ।

विदेशको ठाउँमा दुख गरेर अन्तिममा आफ्नै जन्म स्थानमा केही इलम गरेर घरजम गर्छु भनेर साइँलाले अठोट गरेको देखाइएहको छ ।

गीतमा नारद पोखरेलको शब्द रचना, संकेत अगस्तीको संगीत र श्रेय अगस्ती, रचना रिमाल र साक्षी अगस्तीको आवाज अनि राजेन्द्र बजगाइको संगीत संयोजनको तालमेल रहेको छ ।

उक्त म्युजिक भिडिओमा मुख्य भूमिका निर्वाह गरेका शिशिर भण्डारी, बिना राउत र कलाकार कविता आले मगर तथा सहायक भूमिकामा रहेका नारद पोखरेल, सुजिता पोखरेल र रेसिका नेपालको भूमिका रहेको छ ।

त्यस्तै, गीतको छायांकन दिनेश पराजुलीको रहेको, सम्पादन डिन्सन शाह र निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

गीतकारका अनुसार विदेशिएका नेपालीलाइ आफ्नै देश फर्काउन सकिन्छ भन्ने अभिप्रायका साथ गीतको निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर