अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र, सुदूरपश्चिममा पनि लगानी गर्न रावलको आग्रह – Nepal Press

अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र, सुदूरपश्चिममा पनि लगानी गर्न रावलको आग्रह

कैलाली । अगामी जेठ १८ गते देखि हुने नेपाल- इन्डिया पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र रूपले भइरहेको छ ।

जेठ १८,१९ र २० गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने तीन दिने अन्तर्राष्ट्रिय प्रदर्शनीका प्रदर्शनीमा २२ देश कृषिसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने नेपाल पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिए ।

किसान, कृषिसँग सम्बन्धित सबै प्रकारका स्टलहरू त्यहाँ राखिने उनले बताए । उनका अनुसार तीन दिनको पाठशाला हुने छ । त्यसमा कृषि वैज्ञानिकहरूले किसान तथा कृषि उद्यमीहरूलाई कृषि प्रविधिको बारेमा जानकारी दिने छन् । उक्त प्रदर्शनी निःशुल्क रुपमा अवरोधनको व्यवस्था गरिएको छ ।

२० लाख भन्दा धेरैले उक्त प्रदर्शनी अवलोकन गर्ने उनको दाबी रहेको छ । यसैबीच सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष विष्टलाई सुदूरपश्चिम प्रदेशमा पनि लगानी लगाउन आग्रह गरेका छन् । अहिले बिष्टले कोशी प्रदेशमा अरबौँको लगानी लगाइरहेका छन् ।

दलका नेता रावलले विष्टलाई प्रत्यक्ष सम्पर्क गरी निजी क्षेत्रमैत्री कानुन निर्माणमा सरकार लाग्ने र निजी क्षेत्रलाई सुदूरपश्चिममा प्राथमिकता दिन आग्रह गरेका हुन् ।

‘सुदूरपश्चिममा धेरे ठुलो सम्भावना रहेको छन्, तर उद्योग कलकारखाना खुलेका छैनन् । हामी उद्योगमैत्री नीति तयार गर्छौ तपाईँहरू सुदूरपश्चिममा लगानी भित्राउन थाल्नुहोस्’ रावलले विष्टलाई भनेका थिए ।

पूर्व मुख्यमन्त्री रावलले ठुला लगान भित्राउन पनि विष्टलाई आग्रह गरेका थिए । विष्टले केही समय यस विषयमा छलफल अगाडि बढाउन सकिने बताएका थिए । उनले भरतपुरमा जस्तो प्रदर्शनी सुदूरपश्चिममा पनि आयोजना गरेर सुदूरपश्चिमको सम्भावनालाई विश्वभरि देखाउन सकिने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर