किरणको निर्देशनमा ‘सोली डोली’ निर्माणको घोषणा – Nepal Press

किरणको निर्देशनमा ‘सोली डोली’ निर्माणको घोषणा

काठमाडौं । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ ।

निर्माणपक्षले फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको छ । यो फिल्मलाई ‘२ नम्बरी’ फिल्मका निर्माता किरण नेपालीले निर्देशन गर्दैछन् ।

फिल्ममा ४ नायक र ३ नायिका रहने निर्माणपक्षले बताएको छ । कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्देशक किरण नेपालीको छ ।

फिल्मलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गर्न लागिएको किरणले बताए । उनले भने, ‘पोई पर्यो काले र २ नम्बरी निर्माण गरिसकेपछि मैले निर्देशनमा हात हाल्न लागेको हुँ । दर्शकले पूर्ण रुपमा कमेडी कथामा फिल्म हेर्न पाउनुहुनेछ । फिल्मको छायांकन असोजबाट सुरु हुनेछ ।’

यो फिल्ममा अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ ।

किरणले फिल्म ‘हात्तीछाप’को निर्माणको समेत तयारी गरेका छन् । ‘हात्तीछाप’को छायांकन सकेपछि ‘सोली डोली’को छायांकन सुरु गर्ने किरणले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर