जसपाबाट उपेन्द्र यादव नै सरकारमा जालान् ? प्रवक्ता भन्छन्- अहिले भन्न सकिँदैन – Nepal Press

जसपाबाट उपेन्द्र यादव नै सरकारमा जालान् ? प्रवक्ता भन्छन्- अहिले भन्न सकिँदैन

२७ गतेको कार्यकारिणी समितिको बैठकपछि मात्रै मन्त्री पठाउने

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा अझै सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले दुई मन्त्रालय पाएको थियो ।

तर, जसपाबाट अहिलेसम्म शिक्षा मन्त्रालयमा अशोक राईमात्र छन् । कतिपयले उपनिर्वाचनबाट निर्वाचित भएर आएका अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने तयारी गरिरहेको बताइरहेका छन् ।

अब जसपाले भागमा वन मन्त्रालय बाँकी छ । आज कांग्रेसबाट महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा सुरेन्द्र आचार्यले शपथ लिएसँगै जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त हुन्छ ।

जसपा प्रवक्ता मनिष सुमनले पार्टीबाट सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवलाई नै दिइसकेको बताए ।

उनले भने, ‘पार्टीले मन्त्री छान्ने जिम्मा उहाँ (यादव) लाई नै दिइसकेको छ । अब उहाँले नै पठाउनुहोला ।’

जसपाबाट त अध्यक्ष यादव नै सरकारमा जाने भन्ने चर्चा छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अहिल्यै के हुन्छ भन्ने सकिने अवस्था छैन । तर, त्यस्तो हुन्न होला ।’

उनले २७ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएकाले त्यसपछि मात्रै सरकारमा मन्त्री पठाउने सम्भावना रहेको पनि बताए ।

जसपाबाट सरकारमा जान राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । अब जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाइसकेपछि मात्रै प्रचण्ड सरकारले पूर्णता पाउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर