मेटगालामा २०४ करोडको नेक्लेस लगाएर पुगिन् प्रियंका – Nepal Press

मेटगालामा २०४ करोडको नेक्लेस लगाएर पुगिन् प्रियंका

काठमाडौं । विश्व फेसनको सबैभन्दा ठूलो मेला मानिने ‘मेटगाला–२०२३’ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भयो । न्यूयोर्कमा भएको यो भव्य कार्यक्रममा विश्व सेलेव्रिटीहरु फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको उपस्थिति थियो ।

प्रत्येक वर्ष आयोजना हुने मेट गालामा यसपटक पनि अभिनेत्री प्रियंका चोपडा पति निक जोनससँग पुगेकी थिइन् । यस फेसन नाइटमा दुवैजना ब्ल्याक एन्ड ह्वाइट लुकमा देखिएका थिए । उक्त फेसन महाकुम्भमा प्रियंकाले लगाएको नेक्लेसले चर्चा पाएको छ ।

प्रियंकाले कालो कलरको भ्यालेन्टिनो जांघ-हाइ स्लिट गाउन लगाएकी थिइन्। यस क्रममा सबैको नजर अभिनेत्रीको हीराको हारमा अड्किएको थियो । निक जोनससँग मेट गाला कार्पेटमा हिँडेकी चोपडाले २०४ करोडको हिराको हार लगाएकी थिइन् ।

उनले ११.१६ क्यारेट लगुना ब्लु हीराको हार लगाएकी थिइन्, जुन बुल्गारी टुक्रामा सबैभन्दा ठूलो निलो हीरा भनिन्छ। यो नेक्लेस मे १२ मा जेनेभामा हुने सोथेबीज लक्जरी वीकमा लिलामीमा जाने बताइएको छ। इन्टरनेशनल जेमोलोजिकल इन्स्टिच्युटका अनुसार पूर्व(बिक्री अनुमान २५ मिलियन डलर (भारु २०४ करोड भन्दा बढी) हो।

साथै समारोहमा बलिउड एक्ट्रेस आलिया भट्ट पनि देखिएकी थिइन् । रेड कार्पेटमा डेब्यू गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् । आलियाले पहिलोपटक मेटगालाको रेडकार्पेटमा डेब्यू गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर