तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम – Nepal Press

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

काठमाडौं । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीमा एक साताको तालिम प्रदान गरिएको छ ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई परिषद्, गाउँपालिका र बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।

यही वैशाख १० गतेदेखि १६ गतेसम्म चलेको तालिममा स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन तालिम सहयोगी हुने अपेक्षा रहेको छ ।

उद्यमीलाई सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्न तालिम दिइएको बैंकले बताएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ति र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर