लहानमा हतियारधारी समूहद्वारा बम विष्फोट गराउँदै चार घरमा लुटपाट, पाँचजना घाइते – Nepal Press

लहानमा हतियारधारी समूहद्वारा बम विष्फोट गराउँदै चार घरमा लुटपाट, पाँचजना घाइते

जनकपुरधाम । सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर ४ परिवारको घरमा लुटपाट गरेका छन् ।

राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी चार जनाको घरमा लुटपाट गरेका हुन् । स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट गरिएको छ ।

लुटेराहरुको समूहले नगद र सुनचाँदीका गरगरहना गरी करिब ५ लाख बराबरको सम्पत्ति लुटेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार लुटेराले पड्काएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन् ।

घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ । अन्यको अबस्था सामान्य छ ।

डीएसपी सोतीले लुटेराले घटनाको विषयमा छानविन गरिरहेको बताए । अहिले घटना गराउनेबारे केही नखुलेको उनको भनाई छ ।

लुटपाटबाट पीडित भएका परिवारलाई १र१ लाख रुपैँया सहयोग गर्ने लहान नगरपालिकाका मेयर महेश चौधरीले घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *