पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै – Nepal Press

पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लाको खलङ्गामा हुने अभिनन्दन कार्यक्रम सहभागी हुने भएका छन् ।

यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका हुन् ।

साथै, जुम्ला खलङ्गा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्सन पछि नागरिक अभिनन्दन कार्यक्रम हुने उनले बताए ।

उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन् । ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन् ।’ उनले भनेका छन् । साझा राजालाई सबैले सहयोग गर्न शाहीले अपिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर