नरेश खाती र अनु चौधरीको स्वरमा ‘ढाटेको हैन मायालु’ सार्वजनिक – Nepal Press

नरेश खाती र अनु चौधरीको स्वरमा ‘ढाटेको हैन मायालु’ सार्वजनिक

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘ढाटेको हैन मायालु’ सार्वजनिक भएको छ । गायक खातीकै शब्द र संगीत रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल प्रिज्मा-प्रिन्सीको अभिनय रहेको छ ।

श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

निर्देशक हिमालीले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो निर्देशनीय कला भरेका छन् । आकाश र प्रिज्मा-प्रिन्सीको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियोलाई थप रोचक बनाएको छ । डान्सिङ नम्बरमा बनेको भिडिओमा आकाश र प्रिज्मा-प्रिन्सीको अब्बल अभिनय देख्न सकिन्छ ।

क्रिएटिभ ह्याट्स युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि हुमागाईंको छायाँकन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर