उपेन्द्रको पक्षमा माहौल बनाउन मतदान केन्द्रमा पुगेपछि मधेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण – Nepal Press

उपेन्द्रको पक्षमा माहौल बनाउन मतदान केन्द्रमा पुगेपछि मधेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ भनी २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

बारा २ मा जसपाका उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।


प्रतिक्रिया

One thought on “उपेन्द्रको पक्षमा माहौल बनाउन मतदान केन्द्रमा पुगेपछि मधेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

  1. नेपाली सेनाको हेपीकप्टर लिएर चुनावी प्रचारमा गएका प्रचण्ड विरूद्ध पनि उजुरी परेको थियो । तर उनलाइ स्पष्टिकरण सोधियो कि सोधिएन ? प्रचण्डलाइ उन्मुक्ती दिउको त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर